तालिबान सरकारका उपप्रधानमन्त्रीले भने– अशरफ घानीको हत्या गर्ने योजना थिएन


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
तालिबान सरकारका उपप्रधानमन्त्रीले भने– अशरफ घानीको हत्या गर्ने योजना थिएन

एजेन्सी। अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाअब्दुल घानी बरादारले पूर्वराष्ट्रपति अशरफ घानीको हत्या गर्ने तालिबानको कुनै योजना नभएको बताएका छन् ।

अफगानिस्तानको सरकारी टेलिभिजनसँगको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । ‘जुनसुकै अपराधी हो, तिनीहरू एउटै हुन्, तपाईले देख्नु भएको होला कि धेरै मान्छेहरू यहाँ बसेका छन्, उनीहरू मान्छेहरूलाई भेटिरहेका छन्, ।

उनीहरू विदेशीहरूलाई समेत भेटिरहेका छन्, उनीहरूलाई केही समस्या छरु,’ उपप्रधानमन्त्री बराबरदले पत्रकारसँग नै प्रश्न गरे । उनले अन्तर्वार्ताका क्रममा तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाले सबै मानिसलाई माफी दिने घोषणा गरेकाले यो नियम असरफ घानीमा पनि लागू हुने बताए ।

‘अल्लाहले हामीलाई अफगानिस्तानमा सफलता दिनुभयो, यो उहाँको सहयोगको परिणाम हो । त्यसैले हाम्रा हेब्तुल्लाहले पुरानो प्रशासनसँग सम्बद्ध सबैलाई माफी दिने घोषणा गरे । त्यसपछि हामी अशरफ घानी वा अरू कसैलाई कसरी मार्न सक्छौँरु,’ उपप्रधानमन्त्री बराबरदले फेरि प्रश्न गरे, ‘क्षमादानको विषयमा प्रतिबद्ध छौं । र, कसैलाई मार्ने हाम्रो मनसाय छैन ।’

अशरफ घानी र उनका नजिकका सहयोगीहरूले काबुल कब्जा गरेपछि तालिबानले आफूहरूलाई मार्न खोजेका थिए भनेर प्रतिक्रिया दिँदै आएका छन् । घानीले गत वर्ष अगस्टमा देश छाड्ने आफ्नो निर्णयलाई जायज ठहराउँदै भनेका थिए, ‘राष्ट्रपतिले अडान लिनुभयो भने सबैको मृत्यु निश्चित छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap