एजेन्सी। अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाअब्दुल घानी बरादारले पूर्वराष्ट्रपति अशरफ घानीको हत्या गर्ने तालिबानको कुनै योजना नभएको बताएका छन् ।
अफगानिस्तानको सरकारी टेलिभिजनसँगको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । ‘जुनसुकै अपराधी हो, तिनीहरू एउटै हुन्, तपाईले देख्नु भएको होला कि धेरै मान्छेहरू यहाँ बसेका छन्, उनीहरू मान्छेहरूलाई भेटिरहेका छन्, ।
उनीहरू विदेशीहरूलाई समेत भेटिरहेका छन्, उनीहरूलाई केही समस्या छरु,’ उपप्रधानमन्त्री बराबरदले पत्रकारसँग नै प्रश्न गरे । उनले अन्तर्वार्ताका क्रममा तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाले सबै मानिसलाई माफी दिने घोषणा गरेकाले यो नियम असरफ घानीमा पनि लागू हुने बताए ।
‘अल्लाहले हामीलाई अफगानिस्तानमा सफलता दिनुभयो, यो उहाँको सहयोगको परिणाम हो । त्यसैले हाम्रा हेब्तुल्लाहले पुरानो प्रशासनसँग सम्बद्ध सबैलाई माफी दिने घोषणा गरे । त्यसपछि हामी अशरफ घानी वा अरू कसैलाई कसरी मार्न सक्छौँरु,’ उपप्रधानमन्त्री बराबरदले फेरि प्रश्न गरे, ‘क्षमादानको विषयमा प्रतिबद्ध छौं । र, कसैलाई मार्ने हाम्रो मनसाय छैन ।’
अशरफ घानी र उनका नजिकका सहयोगीहरूले काबुल कब्जा गरेपछि तालिबानले आफूहरूलाई मार्न खोजेका थिए भनेर प्रतिक्रिया दिँदै आएका छन् । घानीले गत वर्ष अगस्टमा देश छाड्ने आफ्नो निर्णयलाई जायज ठहराउँदै भनेका थिए, ‘राष्ट्रपतिले अडान लिनुभयो भने सबैको मृत्यु निश्चित छ ।’