तरुण दलले मास्क प्रयोग अभियान चलाउने


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
तरुण दलले मास्क प्रयोग अभियान चलाउने

२७ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला कार्यसमितिलाई कोरोना महामारी नियन्त्रणमा सरकारी संयन्त्रसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कोरोना महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्न ७७ वटै जिल्ला अध्यक्षलाई परिपत्र गरेका हुन् ।

तरुण दलले प्रत्येक जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउने जनाएको छ । त्यस्तै खोप केन्द्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने परिपत्रमा उल्लेख छ।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्न र जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई तत्काल उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्न तरुण दल अध्यक्ष बस्नेतले जिल्ला अध्यक्षहरुलाई भनेका छन् । कोरोना सम्बन्धी जनचेतना फैलाउन र महामारीमा हुन सक्ने कालाबजारी रोक्न प्रशासनलाई आग्रह गर्ने तरुण दलले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap