तराई-मधेशमा हर्षोल्लासका साथ आज होली मनाइँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन ३०, २०८१ मा प्रकाशित     
तराई-मधेशमा हर्षोल्लासका साथ आज होली मनाइँदै

 चैत्र १,  रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ ।

‘बुरा नमानो होली हैं जोगिरा सररर…’ जस्ता सुमधुर होलीका गीतहरु अहिले मधेशका विभिन्न स्थानहरुमा गुन्जिरहेको छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।

होली आउना साथै तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ ।

आफु भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ ।

यस वर्ष मधेशका केही जिल्लाहरुमा तेश्रो दिन पनि मनाइदै छ । मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि अर्थात शनिवार रहेको उल्लेख छ । असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरु सौहार्दपूर्ण रुपमा फागु खेलिरहेका छन् ।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap