तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना


लेखक : सुन्दराञ्चल      जेष्ठ २२, २०८० मा प्रकाशित     
तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

जेठ २२, तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।

बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अधिकतमसँगै न्यूनतम तापक्रम समेत बढिरहेकाले गर्मी धेरै भएको छ । अझै केही दिनको मौसम यस्तै रहने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद् अधिकारीको सुझाव छ ।

यस्तै, पहाडी जिल्लामा पनि गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न स्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्किन, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा दीर्घ रोगीको विशेष ख्याल गर्नुपर्ने विज्ञको भनाइ छ । घाम चर्किएको बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे छाता ओड्न वा टोपी लगाउन डाक्टर प्रेम पाण्डेको अनुरोध छ ।

यस्तै, फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउन डाक्टरको सुझाव छ ।

गर्मी, तातो हावा र लू का कारण श्वास फेर्न गाह्रो भए, टाउको बेस्सरी दुखे, छाला रातो वा तातो भए र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान डाक्टरको सल्लाह छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap