बलिउड नायक अभिषेक बच्चन राम्रो चलचित्रको खोजीमा छन् । करिअरका लागि नै टर्निङ पोइन्ट बन्न सक्ने चलचित्रको खोजीमा रहेका उनको हातमा एउटा साथ रिमेक परेको छ । अभिषेकले तमिल चलचित्र ‘ओथा सेरप्पु साइज ७’को रिमेकमा काम सुरु गरेका छन् । यो चलचित्रको छायांकन चेन्नइबाट सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मिडियाका अनुसार, जब अभिषेकलाई निर्देशक आर पार्थिएपनले यसको कथा सुनाएका थिए उनी निक्कै उत्साहित भए । यो चलचित्रको कथा उनलाई निक्कै मन परेको थियो । यो चलचित्रले हत्याको आरोप लागेका एक व्यक्तिसँग गरिने सोधपुछको कथालाई उठान गर्नेछ ।
बलिउडमा अभिषेक बच्चनको करिअर सुखद नभएको अवस्थामा यो चलचित्रले उनलाई राहत दिने अपेक्षा गरिएको छ ।