तनहुँ मा विद्यार्थीर्को गालामा तातो पन्युले डाम्ने शिक्षिका प्रहरी नियन्त्रणमा


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०८१ मा प्रकाशित     
तनहुँ मा विद्यार्थीर्को गालामा तातो पन्युले डाम्ने शिक्षिका प्रहरी नियन्त्रणमा

फागुन २ तनहुँ,  बालबालिकालाई यातना दिनु अपराध हो । अझ स्कुल पढ्ने कलिला नानीहरूलाई सस्नेह सिकाउनु शिक्षकको दायित्व हो । शिक्षाको उज्यालो बाँडने शिक्षकले विवेक गुमाउँदा बेलाबेला बालबालिकामाथि भएका यातनाका घट्नाहरू बाहिरिन्छन् ।

पछिल्लो समय तनहुँको भीमाद नगरपालिकास्थित एक निजी विद्यालयकी शिक्षिकाले हल्ला गरेको भन्दै चार कक्षामा अध्ययनरत चार विद्यार्थीर्को गालामा तातो पन्युले डामिदिएकी छिन् । प्रहरीले शिक्षिकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

विद्यार्थीहरू शिक्षिकासँग मुख मुखै लागेको भन्दै तनहुँ भीमादको प्रभात एकेडेमी बोर्डिङ स्कुलका लेखापाल सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनर चार जना विद्यार्थीलाई तातो डाडुले डामेको घटना बाहिरिएको हो । विद्यार्थीले हल्ला गर्न थालेपछि शिक्षक सुष्मा श्रेष्ठले सुरूमा विधार्थीहरूलाई पिटेकी थिइन् । सोही क्रममा एक विद्यार्थीले आफूलाई जिस्क्याएको भन्दै शिक्षकले चार विद्यार्थीको गालामा तातो पन्युले डामिदिएकी हुन् ।

४ विद्यार्थीमध्ये २ विद्यार्थीको गालामा पन्युले डामेको नीलडाम प्रस्टै देखिन्छ । शिक्षकले पीडित विद्यार्थीसामु माफी माग्नुपर्ने र विद्यालयबाट निकाल्नुपर्ने पीडित विद्यार्थीका अभिभावकहरूको माग छ ।

विद्यार्थी कुटपिट गर्ने ३२ वर्षीया शिक्षक विद्यालयको लेखा शाखामा कार्यरत छिन् । उनी विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् । शिक्षकलाई बुधबार बिहानै इलाका प्रहरी कार्यालय भीमादले पक्राउ गरेको छ ।

घटनामा संलग्नको आरोपमा शिक्षिका श्रेष्ठलाई नियन्त्रण लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । विद्यार्थीलाई अनुशासनमा राख्न सम्झाउनु पर्नेमा यस्ता तातो पन्युले डाम्नु जस्ता जघन्य सजाय दिनु जति निन्दा र भर्त्सना गरे पनि कम नै हुन्छ ।

प्रताप राना

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap