महादेव गिरी धनगढी फागुन २, धनगढीमा रहेको सि सि यस पलस टु विद्यालयले तेस्रो सि सि यस पलस टु कप विद्यालय खुला परुष फुटवल खेल प्रतियोगिता २०८१ गर्ने भएको छ । यहि फागुन ४ गतेदेखी ९ गते सम्म धनगढीको रंगशालामा खेल स्वास्थ्यका लागि विद्यार्थी राष्ट्रका लागि भन्ने मुलनाका साथ तेस्रो सि सि यस पलस टु कप अन्तर गत विद्यालय खुला पुरुष फुटवल खेल प्रतियोगिता आयोजना गर्ने लागिएको हो । कैलाली जिल्ला भित्र एव्म कैलाली बाहिरका विद्यालयहरुको समेत सहभागिता रहने प्रादेशिक स्तरको यो प्रतियोगितालाई यस विद्यालयले भब्य र सभ्य रुपमा कार्यक्रम गरीने आयोजक ले बताए ।
खेल विद्यार्थीहरुको व्यत्तित्व विकास तथा अभिवृद्धि, आत्मसम्मान ,मनोरञ्जन, सामाजिक ,एकता र राष्ट्रिय गौरव बढाउन मद्धत पुगाउने गर्दछ । व्यक्ति , समाज र देशको महिमा , पहिचालनलाई बृदि गर्ने खेलकुद अपरहिार्य मान्निछ आयोजकले बताए । तेस्रो सि सि यस पलस टु खेलको उद्धेश्य खेलले विद्यार्थीहरुको व्यक्तित्व विकास तथा अभिवृद्धि गरी आत्मसम्मान ,मनोरञ्जन, समाजिक एकता र राष्ट्रिय गौरव बढाउन मद्धत पुर्याउने भएकाले निकै महात्वपूर्ण मानिन्छ ।
प्रतियोगिताको केही उद्धेश्यहरु, १, फुटवल प्रतियोगिताका माध्यम बाट विद्यार्थीहरुमा खेलकुदको विकास गर्ने , २,समाज तथा देशका लागि क्षमतावान , उत्कृष्ट खेलाडी उत्पादनमा टेवा पुर्याउने । ,३, विद्यार्थीहरु बीच आपसी सद्धभाव, एकता बन्धुत्वको भावना जागृत गराउने । ४ , मा खेल मनोरञ्जनका माध्यम बाट विद्यार्थीहरुमा पढाइको बिकास समेत गरिन्छ , । खेलको कार्यन्वयन तरिका फुटबल प्रतियोगितालाई कार्यन्वयन गर्ने वा सफतापूर्वक सम्पन्न गर्नका लागि पदाधिकारीको जिम्वारी बाँडफाँड गरिएको छ । कार्यक्रमलाइ व्यापक रुपमा सञ्चालन गर्न विभिन्न सञ्चार माध्यमा प्रचारप्रसारलाई निकै जोड दिएको आयोजकले बताए । यस प्रतियोगितामा लाभान्वित , यस फुटवल प्रतियोगिता कार्यक्रममा हजारौँ संख्यामा विद्यार्थी दर्शहरुको बाक्लो उपस्थिति हुने अपेक्ष गरिएको छ ।
स्थानिय , जिल्ला र प्रदेशका बिभिन्न स्थानबाट प्रतियोगिता खेलाडी , प्रशिक्षक र व्यवस्थापन गरी ३ सय जना प्रत्यक्ष रुपमा सहभागिता हुनेछन् । यसका अतिरिक्त स्थानिय बासिन्दा, धनगढी नगर भित्रका बिभिन्न विद्यालयका विद्यार्थीहरु एव्म छिमेकी गोदावरी नगरपालिका ,गौरीगंगा नगरपालिका , कैलारी गाउँपालिका , पुनरवास नगरपालिका र कृष्णपुर नगरपालिका लगाएका जिल्ला भित्र र बाहिरका गरी करिब ५०,००० हजार दर्शकहरुले प्रतियोगिता अवधिभर प्रतियोगिताको प्रत्यक्ष अवलोकन गर्ने आयोजकले बताए । प्रतयिोगीतामा टिमको सहभागिता संख्या ,१, त्रिनगर मा. वि. धनगढी , २, ऐश्वर्य विद्यानिकेतन, ३, सत्यवती मा. वि. अत्तरिया , ४, कोभिदा सेकेन्डरी धनगढी , ५, दुर्गालक्ष्मी मा. वि अत्तरिया ,६, कञ्चनर्जघा मा. वि गुलरिया , ७ , कैलाली मोडेल धनगढी , ८, वेष्टन कृष्टल धनगढी , ९ , दुर्गाज्योती मा. वि स्वाउले १०, होलिल्याण्ड मा. वि अत्तरिया , ११, सेतिक मालाविद्यालय तेधरी , १२, लोटस स्कुल अत्तरिया, १३,एक्सिस स्कुल धनगढी ,१४, एस.पि.ए. धनगढी ,१५, सि.सि.यस.धनगढी निलो, १६, सि. सि यस धनगढी रातो सभागिता रहने आज पत्रकार सम्वेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई नगद ८५,०००,हजार ट्रफी ,मेडल र प्रमाण पत्र, दास्रोलाई नगद ५०,००० ट्रफी ,मेडलर प्रमाण पत्र, एत्कृट खेलाडीलाई नगद ५,००० हजार मेडल र प्रमाण पत्र, उत्कृष्ट गोलकर्ता लाई एक जनालाई नगद २५००, सय मेडल प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक खेलाडीलाई एक जनालाई २५००,मेडल र प्रमाण पत्र, प्रत्येक खेलमा ह्राट्रिक गर्ने खेलाडीलाई प्रोत्सान स्वरुप नगद १००० हजार , प्रत्येक खेलमा म्यान अफ द म्याच हने खेलाडीलाई प्रोत्साहन सहित नगद १००० हजार पुरस्कारको समेत व्यवस्था गरीएको आयोजक सि सि यस पलस टु विद्यालयले जानकारी दिएको छ ।





