डोटी प्रशासनको उर्दी- नागरिकता बनाउन आउँदा बुवाको नागरिकता अनिवार्य


लेखक : सुन्दराञ्चल      अशोज १४, २०७८ मा प्रकाशित     
डोटी प्रशासनको उर्दी- नागरिकता बनाउन आउँदा बुवाको नागरिकता अनिवार्य

१४ असोज, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिन आउने व्यक्तिले बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बुवाको नागरिकता नभए वडा कार्यालयमार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरी बुवा र आमा दुवैको नागरिकता अनिवार्य पेश गर्नुपर्ने उर्दी गरेकी छन् । ‘नागरिकता प्रमाणपत्रको सिफारिसका लागि आवश्यक कागजातहरु देहाय बमोजिम रहेकाले आफू मातहतका सम्पूर्ण वडाहरुमा सूचना सम्प्रेषण गरिदिनुहुन अनुरोध छ’ जोशीले बुधबार स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा बुवाको नागरिकता वा मृत्यु दर्ता र आमाको नागरिकता अनिवार्य गरिएको छ । बुवा वा आमाको मात्रै नागरिकता भएकोमा नागरिकता प्रदान नगर्ने संकेत पत्रले गरेको छ । पत्रमा भनिएको छ, ‘आमाको नागरिकतामा बुवाको नाम भएको तर बुवाको नागरिकता नभएको अवस्थामा वडामार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने ।’ नियमावलीको नियम ३ को उपनियम ४ अनुसार नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिले नागरिकताको लागि आवेदन दिए थप कुरा बुझ्नुपर्ने भएमा मात्र स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिने व्यवस्था गरेको छ ।

नागरिकता नियमावली, २०६३ को नियम ३ अनुसार नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि बुवा वा आमा वा आफ्ना वंशजतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र र जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

तीन पुस्ताभित्रका नातेदारको नागरिकता प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँग नाता खुल्ने नाता प्रमाणित पत्र पेश गर्नुपर्ने व्यवस्था छ । यस आधारमा आमा वा बुवा दुवैको नागरिकता नभएको अवस्थामा पनि नागरिकता प्रमाणपत्र पाउन सकिन्छ । तर जिल्ला प्रशासन कार्यालय डोटीले आमाको नागरिकता हुँदाहुँदै पनि बुवाको नागरिकता चाहिने भन्दै फिर्ता गर्ने गरेको छ ।

बुवाको नागरिकता नभएकै कारण जिल्लाका दुर्गम क्षेत्रबाट आएका नागरिकहरुलाई नागरिकता नदिएरै फर्काएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले नियमावलीमा भएको प्रावधानसँग बाझिने गरि लिखित पत्राचार गरेकी हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap