डोटीमा १४ वर्षीया बालिकामाथि बलात्कार


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
डोटीमा १४ वर्षीया बालिकामाथि बलात्कार

२५ साउन, डोटी । डोटीको जोरायल गाउँपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । कैलाली घर भई जोरायलमा मामाघरमा बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा जोरायल–४ का ३८ वर्षीय कर्णबहादुर बोहराविरुद्ध जाहेरी दर्ता भएको छ ।

बोहराले ती बालिकालाई ललाइफकाइ पटक–पटक बलात्कार गरेको परिवारको आरोप छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा अभियुक्त बोहरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए ।
बलात्कार आरोपी बोहरा फरार रहेको र खोजी कार्य शुरु गरिएको उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap