डोटीमा विपन्न४० घरपरिवारलाई न्यानो कपडा वितरण


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
डोटीमा विपन्न४० घरपरिवारलाई न्यानो कपडा वितरण

डोटी माघ ,६ । डोटीमा विपन्न र दलित परिवारलाई न्यानो कपडा कम्मल वितरण गरिएको छ ।जिल्लाको बडिकेदार गाउँपालिकामा एकाएक मौसममा आएको परिर्वतनसँगै चिसो बढेका कारण यहाँका नागरिकलाई समस्या भएको भन्दै ४० जनालाई न्यानो कपडा कम्मल वितरण गरिएको सञ्चारकर्मी चक्र मल्लले बताए ।

भागरथी निर्माण सेवा धनगढी–५ कैलालीका प्रोपराइटर तथा नेपाल तरुण दल बडिकेदार गाउँपालिका अध्यक्ष केशव बमको आर्थिक सहयोगमा उक्त पालिकाको वडा नम्बर २ का सायल, गतेपसेला र सिर्सी गाउँमा रहेका विपन्न परिवार, बालबालिका तथा दलित गरी कुल ४० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी तथा सञ्चारकर्मी चक्र मल्लले जानकारी दिए

 

कैलालीको जोशीपुरमा ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण -  Mahendranagar Post

चिसोको समयमा न्यानो कपडा आफूहरूलाई निकै राहत भएकोस्थानिएले बताएका छन् । उनले भने, “चिसो अत्यधिक बढेको छ, घरमा ओढ्ने, ओछ्याउनेको समस्या थियो, आज निःशुल्क ब्लाङ्केट पाउँदा निकै राहत भएको छ ।” जिल्लाका अन्य ठाउँमा रहेका विपन्न परिवारलाई पनि राहतस्वरुप न्यानो कपडा वितरण गरियोजना गरेको नेपाल तरुण दल बडिकेदारका अध्यक्ष बमले बताए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap