डोटीमा बर्सेनि बढ्दैछन् सम्बन्ध विच्छेदका घटना


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
डोटीमा बर्सेनि बढ्दैछन् सम्बन्ध विच्छेदका घटना

१९ साउन, डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए ।

पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएको तथ्यांकले देखाएको छ । डोटी जिल्ला अदालतले दिएको जानकारी अनुसार डोटीमा आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध विच्छेदका लागि २५ निवेदन परेका छन् । आर्थिक वर्ष २०७५/७६ र ०७६/०७७ मा १९ वटा सम्बन्ध विच्छेदका निवेदन दर्ता भएका थिए ।

विभिन्न कारणले सम्बन्ध विच्छेदका घटनाहरु बढेका अधिवक्ता कैलाश साउँद बताउँछन् । “सम्बन्ध विच्छेदको मुख्य कारण श्रीमान्-श्रीमतीले एक-अर्कालाई राम्रोसँग नबुझेरै बिहे गर्नु हो” अधिवक्ता साउँदले भने, ”लामो समयसम्म श्रीमान्-श्रीमती अलग बस्नु, पारिवारिक व्यवस्थापनमा ध्यान नदिनु पनि सम्बन्ध विच्छेदको कारण हो ।” श्रीमान् वैदेशिक रोजगारीमा जाँदा श्रीमतीलाई शहरमा राख्न खोज्ने परिपाटीले पनि यस्ता घटनाहरु बढ्ने गरेको साउँदको बुझाइ छ ।

पुरुषले वैदेशिक रोजगारमा जाँदा पारिवारिक व्यवस्थापन ध्यान नदिने गरेका कारण सम्बन्ध विच्छेदका घटनाहरु बढेको बताउँछिन् डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी । ”सामाजिक सञ्जालको दुरुपयोगले पनि परिवारमा फाटो परिरहेको छ” जोशीले भनिन्, ‘अचेल लहैलहैमा बिहे त गरिहाल्छन् तर सम्बन्ध टिकाउन सक्दैनन् ।”

जिल्ला समन्वय समिति डोटीकी उप प्रमुख सशी सोवले सम्बन्ध विच्छेदका घटना बढ्नुको यही मात्र कारण हो भनेर भन्न नसकिने बताए । ”तर पनि पछिल्लो समयमा हेर्दा महिला र पुरुषको एकै प्रकारको पारिवारिक अवस्था नहुनु, सानै अपरिपक्को उमेरमा विवाह गर्नु, बेरोजगार हुनु, श्रीमानको शहरको र श्रीमतीको गाउँको बसाइ र सामाजिक संजालको दुरुपयोगका कारण घटनाहरु बढ्ने गरेको बताइन् ।

सम्बन्ध विच्छेद गराउनेमा ३० वर्षमुनिका बढी

जिल्ला अदालतको तथ्याङ्कले सम्बन्ध विच्छेद गराउनेहरुमा २० देखि ३० वर्ष उमेर समूहका दम्पत्तिहरुको संख्या बढी रहेको देखाउँछ । “आर्थिक वर्ष २०७७/०७८ मा जम्मा दर्ता भएका २५ निवेदनमध्ये १५ निवेदक ३० वर्ष भन्दामुनिका छन्” जिल्ला अदालतका एक कर्मचारीले भने, “बाँकी १० निवेदक ३० वर्ष भन्दामाथिका छन् ।” उनले घरेलु हिंसाको सिकार भएकी ६३ वर्षीया एक महिलाले समेत सम्बन्ध विच्छेदको माग गरेको बताए ।

कलिलै उमेरमा दाम्पत्य जीवन बिग्रिनुको मुख्य कारण महिलाहरु आत्मनिर्भर नहुनु भएको महिला अधिकारकर्मी तथा जिल्ला समन्वय समिति डोटीका उपप्रमुख सोव बताउँछिन् । उनले भनिन्, “एक-अर्कालाई राम्रोसँग बुझेकै हुँदैनन्, बिहे गरिहाल्छन् तर जव बिस्तारै हुर्कदै जान्छन् अनि खटपट सुरू हुन्छ ।” सामाजिक सञ्जालबाट चिनजान बाल्यबस्थामै बिहे गरेका दम्पतीहरुको यस्तो समस्या बढी देखिएको सोवले बताइन् ।

“पुरुषहरुमा अहिले पनि हामीले श्रीमती पालेका छौं भन्ने दम्भ छ” उपप्रमुख सोव भन्छिन्, “कतिपय महिलाहरु पनि आफूले केही गरौंं भन्ने भन्दा पनि हामीलाई पाल्ने जिम्मा पुरुषहरुको हो भन्ने सोच्ने गरेका कारण यो समस्या आएको हो ।”

सम्बन्ध विच्छेदको माग गर्ने पुरुष पनि बढ्दै

आर्थिक वर्ष ०७७/०७८ मा परेका २५ निवेदनमध्ये ११ वटा निवेदन पुरुषले दिएका हुन् ।

पुरुषहरूले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिनुले समाजमा उनीहरुमाथि पनि हि‌ंसा भैरहेको छ भन्ने कुराको संकेत गरेको अधिकारकर्मी एक महिलाले बताइन् । उनले भनिन् “श्रीमान्ले विदेशमा दुःख गरि पैसा कमाउने, श्रीमतीले त्यही पैसाको दुरुपयोग गर्दै परपुरुषसँग सम्बन्ध राख्ने गर्छन् ।”

श्रीमतीले आफू र परिवारको कुनै वास्ता नगरेको, आफूले विदेशबाट दुःख गरेर पठाएको पैसा फजुल खर्च गरेको, सम्झाउन खोज्दा उल्टै धम्क्याउने गरेको भन्दै पुरुषहरु सम्बन्ध विच्छेदको लागि आउने गरेको अधिवक्ता साउँद बताउँछन् ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ९४ मा कानून बमोजिम अंश लिइ वा मानो छुट्ट्याएर पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ ।

यस्तै दफा ९५ मा कानून बमोजिम अंश लिइ वा मानो छुट्ट्याएर पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा वा पतिले अर्को विवाह गरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap