डोटी, २१ भाद्र । नेकपा (एकीकृत समाजवादी) पक्षमा तीन जना जनप्रतिनिधीले सनाखत गरेका छन । डोटीको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिबराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरखबहादुर सार्कीले सो पार्टीको पक्षमा सनाखत गरेका छन् ।
आफुहरु नेपाल कम्युष्टि पार्टी(एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको वडा अध्यक्ष गोरख सार्कीले जानकारी दिए। डोटीबाट नै प्रतिनिधीत्व गर्ने संघिय सांसद प्रेम आले र प्रदेश सांसद पूर्णा जोशीले पनि सोही पार्टीको पक्षमा सनाखत गरिसकेका छन् ।