डोटीमा कांग्रेसको पालिका अधिवेशन : ४ मा निर्विरोध, ४ वटामा चुनाव, एउटामा बाँकी


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
डोटीमा कांग्रेसको पालिका अधिवेशन : ४ मा निर्विरोध, ४ वटामा चुनाव, एउटामा बाँकी

१० असोज, डोटी । नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ ।

नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।

दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका छन् । सभापतिका आकांक्षीहरुबीच सहमति जुटेपछि मलासी निर्विरोध भएका हुन । उनी यसअघि पनि सोही पदमा थिए ।

आदर्श गाउँपालिकाको सभापतिमा चन्द्रनाथ ओझा छानिएका छन् । एमाले पृष्ठभूमिका ओझा पाका राजनीतिज्ञ हुन् । उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन कालिकास्थान गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

पूर्वीचौकी गाउँपालिकामा पनि सहमतिमा नेतृत्व चयन भएको छ । सभापतिमा बलबहादुर खड्का चयन भएका छन् । यसअघिको अधिवेशनमा जिल्ला सचिवमा पराजित खड्का र अन्य आकांक्षीहरुबीच सहमति जुटेपछि उनी निर्विरोध भएका हुन् ।

केआईसिंह गाउँपालिका सभापतिमा अर्जुन बलाएर निर्विरोध भएका छन् । यसअघि कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघको डोटी जिल्ला अध्यक्ष रहेका बलायर सु-जङ्ग सामुदायिक अस्पतालका प्रशासकको जिम्मेवारीमा समेत छन् ।

शिखर नगरपालिकाको इकाइ समिति सभापतिमा हर्क बोगटी विजयी भएका छन् । अन्य पदहरुमा सहमति भए पनि सभापतिमा कुरो नमिलेपछि निर्वाचन गरिएको थियो । निर्वाचनमा बोगटी प्रतिस्पर्धि दीर्घबहादुर बलायरलाई २५ मतले पछाडि पार्दै सभापति भएका हुन् । बोगटीले ९० मत प्राप्त गरे भने बलायरले ७५ । बोगटी यसअघि पनि सोही जिम्मेवारीमा थिए ।

सायल गाउँपालिका इकाइ समिति सभापतिका लागि भएको निर्वाचनमा तेजराज ओझाले ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धि रामबहादुर बोगटीले २५ मत प्राप्त गरे । ओझा यसअघि पनि सोही पदमा थिए ।

जोरायल गाउँपालिकाको सभापतिमा मोहन मल्ल चयन भएका छन् । यसअघि पनि सोही जिम्मेवारीमा रहेका मल्लले निर्वाचनमा ५४ मत पाई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नरबहादुर बोहराले ३६ मत प्राप्त गरेका छन् ।

बडीकेदार गाउँपालिकाको नेतृत्व चयनका लागि पनि निर्वाचन भएको छ । गाउँ इकाइ समिति सभापतिमा करुणाकर जोशीले ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी वीरेन्द्र कोटकेनीले ३५ मत प्राप्त गरेका छन् ।

बोगटान फुडसिल गाउँपालिकाको नेतृत्व चयनमा अझै सहमति जुटेको छैन । अन्य पदहरुमा शनिबारै सर्वसम्मत भएका भए पनि सभापतिका लागि कुरो नमिलेपछि अधिवेशन लम्बिएको छ ।

सभापति पदका लागि शेरबहादुर बम, खडकसिंह बोहरा र चक्र केसीको दाबी रहेको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिए । उनका अनुसार सहमतिको प्रयास अझै जारी छ, सहमति नभए चुनावी प्रक्रिया सुरु हुनेछ ।

निर्वाचन भएका पालिकाहरुमा पनि सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीप देउवाले जानकारी दिए । उनले बोगटान फुडसिलमा पनि सहमति हुन सक्ने बताए । ‘सहमति हुनै नसक्ने अवस्था भयो भने त आजै चुनाव हुन्छ’ देउवाले भने ।

यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको सभापति देउवाले बताए । उनका अनुसार सायल गाउँपालिका-१ र ५ र जोरायल गाउँपालिका-३ मा निर्वाचन भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap