डोटीका स्थानीय तहमा ३० करोड ३० लाख बेरुजु


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
डोटीका स्थानीय तहमा ३० करोड ३० लाख बेरुजु

९ भदौ, डोटी । महालेखा परीक्षकको कार्यालयले डोटीका स्थानीय तहहरुमा आर्थिक वर्ष २०७५/७६ सम्म ३० करोड रुपैयाँ भन्दा बढी बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेका स्थानीय तहका छुट्टाछुट्टै प्रतिवेदन अनुसार जिल्लाका नौवटै स्थानीय तहको ३० करोड ३० लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ को कारोबार अनुसार असुल गर्नुपर्ने बेरुजु ६ करोड दुई लाख ६८ हजार देखिएको छ । यस्तै स्थानीय तहहरुले नियम विपरीत खर्च गरेको पाँच करोड १६ लाख ६ हजार रुपैयाँ देखिएको छ ।

प्रमाण कागजात पेश नभएको चार करोड ४५ लाख २२ हजार रुपैयाँ आवश्यक प्रमाण कागजात नपुर्‍याई भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ । तीन करोड १५ लाख ९२ हजार पेश्की बेरुजु देखिएको छ । प्रतिवेदनले आर्थिक वर्ष २०७४/७५ मा बेरुजु देखाएको ११ करोड ११ लाख ८० हजार अर्को वर्ष स्थानीय तहले फर्छ्यौट नगरेको देखाएको छ ।

महालेखाका अनुसार डोटीमा सबैभन्दा बढी बेरुजु बडीकेदार गाउँपालिकाको छ । यस गाउँपालिकाले एक करोड ४२ लाख ४८ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै जोरायल गाउँपालिकाको ९३ करोड २२ लाख, बोगटान फुड्सिल गाउँपालिकाको ७३ लाख ५४ हजार, आदर्श गाउँपालिकाको ७३ लाख २६ हजार र पूर्वीचौकी गाउँपालिकाको ५७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यसैगरी शिखर नगरपालिकाको ५७ लाख १५ हजार, केआई सिंह गाउँपालिकाको ५४ लाख २५ हजार, दिपायल सिलगढी नगरपालिकाको ३४ लाख १९ हजार र सायल गाउँपालिकाको १७ लाख २६ हजार असुल गर्नुपर्ने बेरुजु रहेको छ ।

प्रतिवेदन अनुसार नियम विपरीत खर्च गर्नेमा शिखर नगरपालिका पहिलो देखिएको छ । यस नगरपालिकाको एक करोड ३३ लाख ४७ हजार रुपैयाँ अनियमित खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै दिपायल सिलगढी नगरपालिकाको ८० लाख ८६ हजार, बडीकेदार गाउँपालिकाको ७७ लाख २३ हजार, केआई सिंह गाउँपालिकाको ५० लाख ६३ हजार र बोगटान फुड्सिल गाउँपालिकाको ५० लाख ६ हजार रुपैयाँ अनियमित खर्च भएको जनाइएको छ ।

जोरायल गाउँपालिकाको ४० लाख ५२ हजार, आदर्श गाउँपालिकाको ३४ लाख ३० हजार, पूर्वीचौकी गाउँपालिकाको २५ लाख ८१ हजार र सायल गाउँपालिकाको २३ लाख १८ हजार अनियमित खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रमाण कागजात पेश नगरी भुक्तानी दिनेमा जोरायल गाउँपालिका पहिलो देखिएको छ । यस गाउँपालिकाले भुक्तानी गरेको एक करोड ८० लाख ६३ हजार रुपैयाँमा प्रमाण कागजात पेश नभएको देखाएको छ । दिपायल सिलगढी नगरपालिकाले ८३ लाख १९ हजार, सायल गाउँपालिकाले ८२ लाख सात हजार, बोगटान फुड्सिल गाउँपालिकाले ३७ लाख ५२ हजार र बडीकेदार गाउँपालिकाले १५ लाख ८६ हजार प्रमाण नपुर्‍याएरै भुक्तानी गरेका छन् । यस्तै आदर्श गाउँपालिकाले १४ लाख २४ हजार, पूर्वीचौकी गाउँपालिकाले १३ लाख ४४ हजार, केआई सिंह गाउँपालिकाले नौ लाख ३५ हजार र शिखर नगरपालिकाले आठ लाख ९२ हजार प्रमाण नपुर्‍याई खर्च गरेको छ ।

पेश्की फर्छ्यौट नगर्नेमा पनि जोरायल गाउँपालिका नै अगाडि देखिएको छ । यस गाउँपालिकाको प्रतिवेदनमा एक करोड ८५ लाख रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी देखिएको छ । बडीकेदार गाउँपालिकाले २७ लाख ५९ हजार, शिखर नगरपालिकाको २० लाख ६६ हजार, दिपायल सिलगढी नगरपालिकाको १८ लाख १३ हजार, सायल गाउँपालिकाको १७ लाख ६ हजार, केआई सिंह गाउँपालिकाको १९ लाख र बोगटान फुड्सिल गाउँपालिकाको नौ लाख ८९ हजार रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी देखिएको छ । आदर्श र पूर्वीचौकीको भने पेश्की फर्छयौट हुन बाँकी देखिएको छैन ।

आर्थिक वर्ष २०७४/७५ को फर्छ्यौट गर्न बाँकी बेरुजु सबैभन्दा बढी पूर्वीचौकी गाउँपालिकाको देखिन्छ । यस गाउँपालिकाको २०७४/७५ मा दुई करोड ७१ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको थियो । गाउँपालिकाले उक्त रकम २०७५/७६ मा पनि फर्छ्यौट गरेको छैन ।

यस्तै दिपायल सिलगढी नगरपालिकाको दुई करोड पाँच लाख ६० हजार, एक करोड ६८ लाख ३२ हजार, शिखर नगरपालिकाको एक करोड १५ लाख ६१ हजार र जोरायल गाउँपालिकाको ९६ लाख ८९ हजार रुपैयाँ आर्थिक वर्ष २०७४/७५ को फर्छ्यौट गर्न बाँकी छ । यस्तै बडीकेदार गाउँपालिकाको ८६ लाख ३० हजार, आदर्श गाउँपालिकाको ८५ लाख ४८ हजार, केआई सिंह गाउँपालिकाको ६४ लाख नौ हजार र सायल गाउँपालिकाको १७ लाख ५७ हजार रहेको छ ।

कुन स्थानीय तहमा कति बेरुजु ?

  • जोरायल : पाँच करोड ९६ लाख २६ हजार
  • दिपायल सिलगढी : चार करोड, २१ लाख, ९७ हजार
  • पूर्वीचौकी : तीन करोड ६८ लाख ५२ हजार
  • बडीकेदार : तीन करोड ५७ लाख पाँच हजार
  • बोगटान फुड्सिल : तीन करोड ३९ लाख ३३ हजार
  • शिखर : तीन करोड ३५ लाख ८१ हजार
  • सायल : दुई करोड नौ लाख ९४ हजार
  • आदर्श : दुई करोड सात लाख २८ हजार
  • केआई सिंह : एक करोड ९४ लाख ८० हजार
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap