डेउडा प्रतिष्ठानको भित्तेपात्रो र “छल्कल जियरा मोर“ थारु नैटंकि गीतको विमोचन सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख २९, २०८१ मा प्रकाशित     
डेउडा प्रतिष्ठानको भित्तेपात्रो र “छल्कल जियरा मोर“ थारु नैटंकि गीतको विमोचन सम्पन्न

बैशाख २९ धनगढी , धनगढीमा डेउडा प्रतिष्ठानको भित्तेपात्रो र “छल्कल जियरा मोर“ थारु नैटंकि गीतको विमोचन गरिएको छ । डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति र शिखर आर्ट्स प्रा.लि.धनगढीद्धावारा संयुक्त आयोजनामा प्रतिष्ठानको नव वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको हो।

यस्तै वरिष्ठ कलाकार राज कुमार जोशिले निर्माण गरेको मार्मिक मौलिक थारु नौटंकी “छल्कल जियरा मोर“ गीत को विमोचन कार्यक्रम आज बिहीबार सभ्य र भब्य रुपमा विमोचन गरिएको छ।

आज शनिवार बिहान धनगढीको एस टि एस सिनेमा हलमा आयोजित उक्त कार्यक्रमका सभापति प्रतिष्ठान केन्द्रीय अध्यक्ष दल बहादुर बोगटी एवम् प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री माननीय लक्ष्मण किशोर चौधरी लगायत थुप्रै विधागत कलाकार,कलाकर्मिहरुको उपस्तिथि रहेको थियो। डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितीका कोषाध्यक्ष प्रेम बिवश चन्दले सहभागी भएर सभ्य र भब्य रुपमा कार्यक्रम सम्पन्न गर्नमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका छन् । प्रतिष्ठानले प्रत्येक बर्ष भित्तेपात्रो विमोचन गर्दै आएको समितीका कोषाध्यक्ष प्रेम बिवश चन्दले जानकारी दिए ।

No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap