डिआइजीका नाममा पैसा उठाएको आरोपमा महिला पक्राउ


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
डिआइजीका नाममा पैसा उठाएको आरोपमा महिला पक्राउ

७ असोज, रौतहट । प्रदेश-२ का डिआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् ।

रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका-११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।

पक्राउ परेकी महिलाले प्रहरी विद्यालय गरुडामा शिक्षक पदमा स्थायी नियुक्ति गराइदिने भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको थिइन् । पाण्डेसँगको फोन संवादमा थापाले डिआइजी रंजितकारको नाममा सो रकम माग गरेको अडियो रेकर्ड बाहिरिएको थियो ।

प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिएपछि थापालाई बिहीबार प्रहरी विद्यालयमा बोलाइएको थियो। फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन ।इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।

यता प्रदेश २ प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा घुसा उठाएको बारेमा हिजो केही संचारमाध्यमले खबर सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पक्राउ परेकी महिलामाथि कसुर अनुसारको कानूनी कारवाही हुने प्रदेश-२ प्रहरी कार्यालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap