डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार, महिलासहित तीन जना पक्राउ


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार, महिलासहित तीन जना पक्राउ

८ असोज, धनगढी । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । परशुराम नगरपालिका–३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको प्रहरीले जनाएको छ ।

बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको छ । बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने अर्का व्यक्तिलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बालिकामाथि बलात्कार गरेको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका–५ घर भई जोगबुढामा अटो रिक्सा चलाउँदै आएका २७ वर्षीय जगदीश धामीलाई पक्राउ गरिएको जानकारी दिए । धामीलाई सघाउने परशुराम नगरपालिका–१० का २३ वर्षीय रमेश ठगुन्ना र बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिलालाई पनि पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

बालिकाकी भाउजू नाता पर्ने महिलाले बालिकालाई आफूसँगै सुत्न भनेर बोलाएको र बलात्कार गर्न धामीलाई सघाएको प्रहरीको भनाइ छ । घटना बाहिर नभन्ने शर्तमा बालिकालाई पाँच सय रुपैयाँ समेत दिएको पाइएको छ ।

तर गाउँमा हल्ला भएपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । बलात्कार गर्न सघाएको आरोप लागेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा भारतमा छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुमाथि म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap