डडेल्धुरामा पुनः अधिवेशन गराउन पौडेल पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराउने


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
डडेल्धुरामा पुनः अधिवेशन गराउन पौडेल पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराउने

काठमाडौं – नेपाली कांग्रेस डडेल्धुराको गत भदौ २५ गते भएको वडा अधिवेशन खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले केन्द्रीय निर्वाचन समितिलाई दबाब दिने भएका छन् ।

आज अपरान्ह २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पौडेलसहित संस्थापनइतर समूहका नेताहरूले निर्वाचन समितिका पदाधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराउन लागेका हुन् । सानेपास्थित कांग्रेस मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमै पुगेर डडेल्धुराको वडा अधिवेशन पुनः गराउन ध्यानाकर्षण गराउन लागिएको हो ।

वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल , डा. शेखर कोइरालालगायत सानेपा पुग्ने बताइएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap