डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्काे समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ ।

डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेलसहितका नेताहरु सानेपा पुगेका छन् । नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, गगन थापालगायत पार्टी कार्यालय सानेपामा छन् । ‘हामीले डडेल्धुरामा भएको भनिएको वडा अधिवेशन स्वीकार गर्दैनौं भनेर भनिसकेका छौं, आज निर्वाचन समितिका पदाधिकारी र सदस्यहरुलाई भेटेर डडेल्धुराको अधिवेशनलाई मान्यता नदिन र फेरि अधिवेशन गराउन सानेपामा छौं,’ पौडेल समूहका एक नेताले भने ।

पौडेल समूहले ५ असोजमा तोकिएको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउन निर्वाचन समितिसँग माग गरेका हुन् । २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असन्तुष्टि जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट भएको मल्ल पक्षको आरोप छ । जिल्ला सभापति मल्ल नेता पौडेल पक्षका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । १८ भदौदेखि कांग्रेसको वडा अधिवेशन शुरु भएको हो । अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा अधिवेशन नभएका जिल्लामा ५ असोजमा गर्ने गरी महाधिवेशनको समयतालिका परिमार्जन गरिएको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap