डडेल्धुराकी अस्मितालाई न्याय माग्दै प्रशासनमा तालाबन्दी


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
डडेल्धुराकी अस्मितालाई न्याय माग्दै प्रशासनमा तालाबन्दी

धनगढी ३० भाद्र । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी गरेको छ। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप तालाबन्दी गरिएको हो।

अस्मिताका हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग आफूहरुको रहेको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए । संयोजक बोहोराले हत्यारा पत्ता नलागेसम्म ताला नखुल्ने चेतावनी समेत दिएका छन्।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। तर प्रहरीले हालसम्म मृत्युको कारण बताउन सकिरहेको छैन।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap