डडेल्धुराकी अस्मितालाई न्याय माग्दै प्रशासनमा धर्ना


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
डडेल्धुराकी अस्मितालाई न्याय माग्दै प्रशासनमा धर्ना

धनगढी २ भाद्र । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुढामा धर्ना दिइरहेको छ। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि समितिले धर्ना दिएको हो।

अस्मिताका हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग आफूहरुको रहेको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए।

हाल टाउकोमा कालो पट्टी बाँधेर धर्ना दिइरहेको तर अस्मिता मृत्यु प्रकरणमा प्रशासन अझै मौन रहेमा चर्को आन्दोलन गर्ने चेतावनी समितिका उपसंयोजक मानबहादुर बोहराले दिएका छन्।

सार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। तर प्रहरीले हालसम्म मृत्युको कारण बताउन सकिरहेको छैन।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap