डडेलधुराको अधिवेशनबारे रामचन्द्र पौडेलको टिप्पणी : महाधिवेशनका लागि शुभसंकेत होइन


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
डडेलधुराको अधिवेशनबारे रामचन्द्र पौडेलको टिप्पणी : महाधिवेशनका लागि शुभसंकेत होइन

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाएका छन् ।

सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु गरेको भन्दै उनले यो लोकतन्त्रकै उपहास भएको बताएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र – तर व्यवहार अलोकतान्त्रिक ! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ ।’

उनले अघि भनेका छन्, महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap