डडेलधुराको अधिवेशनबारे रामचन्द्र पौडेलको टिप्पणी : महाधिवेशनका लागि शुभसंकेत होइन


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
डडेलधुराको अधिवेशनबारे रामचन्द्र पौडेलको टिप्पणी : महाधिवेशनका लागि शुभसंकेत होइन

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाएका छन् ।

सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु गरेको भन्दै उनले यो लोकतन्त्रकै उपहास भएको बताएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र – तर व्यवहार अलोकतान्त्रिक ! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ ।’

उनले अघि भनेका छन्, महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap