ठूलो संख्यामा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको भिड


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
ठूलो संख्यामा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको भिड

धनगढी २१ साउन । कैलालीको गोदावरी नगरपालिकामा निकै भिड लाग्न थालेको छ । नगरपालिकाले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको निकै भिड लाग्न थालेको हो ।

नगरपालिकाले साउन १४ गते एक सुचना जारी गर्दै नगरपालिकाका भित्र आवश्यक बिभिन्न ९ पदमा ३५ जना कर्मचारी माग गरेको थियो ।

नगरपालिकाले १५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई कार्यालयको निर्धारित फाराम भरेर दरखास्त आह्वान गर्न भनिएको थियो । त्यसैको भोली पल्ट देखी नै नगरपालिकामा आवेदन दिनेहरुको भिड बढेको हो ।

आवेदनसंगै दस्तुर पनि तोकिएकाले राजश्व बुझाउनेहरुको लामो लाईन लाग्ने गरेको छ । प्रशासन शाखका अनुसार सबैमा गरेर अहिले सम्म ५ सय बढीले आवेदन दिइसकेका छन् ।

“नगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेपछि धेरै भन्दा धेरैले फाराम भरिरहेका छन् ” प्रशासन शाखामा कार्यरत एक जना कर्मचारीले भने – यो सबै मिलाउन हाम्मे हाम्मे छ अहिले सम्म लगभग ५ सय बढीको आवेदन दर्ता भैसकेको छ बाकिँ आउने क्रम अझै जारी रहेको छ ।”

नगरपालिकाले जारी गरेको सुचना अनुसार मालाखेती अस्पतालका लागि एक जना फार्मेसी सहायक , एक जना रिसेप्सनलिष्ट माग गरेको छ भने गोदावरी नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रका लागि ५ जना ल्याब असिस्टेण्ट , ५ जना अहेब , ७ जना अनमी , गोदावरी नगरपालिकाका वडा कार्यालयहरुका लागि ७ जना सहायक कम्युटर अपरेटर माग गरेको छ ।

यस्तै नगरपालिकाको कार्यालयका लागि १ जना भ्याकु लोडर सह चालक , शहरी स्वास्थ्य केन्द्रका लागि ५ जना कार्यालय सहयोगी र शहरी स्वास्थ्य केन्द्र तथा गेटा स्वास्थ्य चौकीका लागि ३ जना स्वीपर माग गरेको हो । आवेदन दिने अन्तिम मिति यही साउन २८ गते सम्म रहेको नगरपालिकाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap