४ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ । निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । त्यसैले दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भनेर छलफल सुरु भएको एक नेताले बताए । भन्छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने भनेर छलफल गर्दैछौं ।’