ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएपनि बाजुराको स्याउ धनगढीमा पुग्यो


लेखक : सुन्दराञ्चल      अशोज १०, २०८१ मा प्रकाशित     
ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएपनि बाजुराको स्याउ धनगढीमा पुग्यो

धनगढी असोज १०– ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएपनि बाजुराको स्याउ कर्णाली र लुम्बिनी प्रदेश घुम्दै धनगढी आइपुगेको छ ।

स्वामिकार्तिक गाउँपालिका वडा नं. १ का किसान धन रावलले स्वामिकार्तिकबाट कालिकोट, सुर्खेत, कोहलपुर हुँदै ६८ क्वीन्टल स्याउ धनगढी ल्याएर विक्री गरिरहेका हुन् । उनले ठाउँ ठाउँमा पहिरो गएर बाटो बन्द भएपछि मार्तडी–कोल्टी–पिलुचौर हुँदै स्वामीकार्तिक गाउँपालिकासम्म सवारीसाधन चल्न सकेकोले कर्णाली प्रदेशको बाटो रोज्नु परेको बताए । घुमाउरो बाटो र मानिसद्वारा ढुवानी गर्न परेकाले बाजुराका किसानलाई ३५ देखि ४५ रुपैयाँ तिरेर ल्याइएको स्याउको मुल्य उपभोक्तालाई १२० रुपैयाँ पर्ने गरेको छ ।

स्वामिकार्तिक गाउँपालिकाका स्याउ किसान तथा व्यापारी प्रेम कट्टेलले बाटो बारीमै स्याउ कुहिन थालेको किसान बताए । उनले तल्लोभेगमा उत्पादन भएको स्याउ सकिएको बताउँदै माथिल्लो भेगमा फलेका स्याउ निकाल्ने बेलासम्म बाटोको पहिरो नहटाइएकोले स्याउ ढुवानीमा समस्या भएको बताए । उनले बाटो नबनेकै कारण ट्रक जान सक्ने ठाउँसम्म लेबर लगाएर स्याउ ढुवानी गरेको बताए ।

हरेक वर्ष बाजुराको स्याउ ढुवानी र ग्रेडिङ्गमा सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले बजेट ढिलो पारित भएको हुँदा किसानलाई कुनै सहयोग गर्न सकेको छैन । बाजुराकै किसान सहबीर विकले यसपाली स्याउ ढुवानीमा सरकारी सहयोग नपाइएको बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले स्याउ जोन बाजुराको स्याउ प्याकिङ्गको लागि कार्टुन सहयोग गरेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap