भदौ १९,अहिले सोसल मिडियामा भाइरल नै भएका छन् । यि जोडी जसले दुई युवतीलाई पक्कै देख्नुभएको होला। यिनीहरु अहिले सोसल मिडियामा भाइरल नै भएका छन्। कारण यी दुई युवती दम्पती हुन्। अलिले, यिनीहरुले बिहेनै गरेका छन्।
सल्यान घर भइका दुबै युवतीले एक आपसमा सहमतीमै बिहे गरेका हुनु। जिल्लाको बागचौर नगरपालिका–१ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो। उनिहरुले भनेका छन्
तीन वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने उनीहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेका छन्। आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बस्दै आएकी छन्। उनीहरुका अनुसार अमिसा श्रीमान् हुन् भने योजना श्रीमती हुन ।
माया बसेकै कारण विवाह गरेको उनीहरुले बताइरहेका छन्। ‘हामीहरु दुवै केटी नै हौं। तेस्रो लिंगी पनि होइनौं हामी। भाइरल हुनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौँ,’उनीहरु भन्छन्।
घरपरिवारले नमानेका कारण मन्दिरमा गएर सिन्दुर–पोते लगाएको र अब घरमै विधि पुरा गरेर खुला रूपमा विवाह गर्ने तयारी भएको उनीहरुले बताएका छन्। उनीहरुको बिहेलाई एउटा परिवारले मानेको छ भने अर्कोले इन्कार गरिरहेको छ। दुवै स्थानीय जनकल्याण क्याम्पस थारमारेमा अध्ययनरत विद्यार्थी हुन्। तीन वर्षको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका यी जोडीको योजना टेष्ट ट्युब प्रविधिबाट सन्तान जन्माउने छ।