टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

३ भदौ, काठमाडौं । आगामी अक्टोबर १७ देखि यूएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले बिहीबार आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा प्याट कमिन्स छन् । यस्तै अष्ट्रेलियाको टिममा एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन, मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन छन् ।

जोस इंग्लिस अनक्याप्ड प्लेअर हुन् ।bयस्तै तीन रिजर्भमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । २०१६ पछि पहिलो पटक हुन लागेको टी-२० विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । अष्ट्रेलिया सुपर १२ को समूह १ मा रहेको छ । अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग पहिलो खेल खेल्दै टी २० विश्वकपको सुरुआत गर्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap