ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७९ मा प्रकाशित     
ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

काठमाडौं  भदौ २८ । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि सेलिब्रिटी समेत क्रुद्ध बनेका छन् ।फिल्म निर्देशक निश्चल बस्नेतले त ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् ।

उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा छन् । उनको सवारी तालिकाका कारण मंगलबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणलाई कठिन भएको छ ।

मंगलबार बेलुकासम्मै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने ट्राफिक प्रहरीले जनाएको छ । सामाजिक मुद्दामा चासो राख्ने निर्देशक निश्चल बस्नेत एक नयाँ फिल्मको तयारीमा छन् । उनले होम प्रोडक्सनबाट फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने चर्चा छ ।अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap