जो सौन्दर्य प्रशाधनको बिक्रीबाट अर्बपति बनिन्


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
जो सौन्दर्य प्रशाधनको बिक्रीबाट अर्बपति बनिन्

सौन्दर्य प्रशाधनको बजार कति ठूलो छ ? सरसर्ती कुनै शहर–बजारको एक फन्को लगाउँदा सामान्य अनुमान गर्न सकिन्छ । हरेक गल्लीमा, चोकमा, घुम्तीमा सौन्दर्य प्रशाधन किनबेच भइरहेको भेटिन्छन् । अहिले महिला मात्र होइन पुरुषका लागि पनि सौन्दर्य प्रशाधन अनिवार्य जस्तै हुँदै गएको छ । महिलाको लागि त यो नभई हुन्न ।

सौन्दर्य प्रशाधनको बढ्दो मागकै कारण हुनुपर्छ, यसको उत्पादन पनि कम छैन । अमेरिकी टेलिभिजन स्टार केली जेनर पनि यसको ज्वालन्त उदाहरण हुन्, जो खासमा सौन्दर्य प्रशाधनको विक्री गर्छिन् । सौन्दर्य प्रशाधनको व्यवसायबाटै उनी विश्वका धनाड्यको सूचीमा उक्लिएकी छिन् ।

सुन्दा पत्याउन गाह्रो हुन्छ, उमेरले उनी भर्खर २४ बर्षकी भइन् । तर, उनी आफ्नै पौरखले अर्बपति भइसकेकी छिन् । उनलाई विश्वकै कान्छो अर्बपति पनि भनिन्छ । फोब्र्सले उनलाई ‘सेल्फ मेड’ धनी महिलाको उपाधी दिएको थियो ।

केलीले सन् २०१६ मा केइली कस्मेटिक्सको स्थापना गरेकी थिइन् । उनको कम्पनीले करिब ९० करोड डलरको सम्पत्ति आर्जन गर्न सफल भइसकेको थियो

केलीले अनलाइन तथा विभिन्न ऐपमार्फत आफ्नो कस्मेटिक प्रोडक्टस् विक्री वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसित सम्झौता गरेपछि २९ डलरमा विक्री वितरण हुँदै आएको उनको कस्मेटिक एक हजार भन्दा बढी स्टोरमा विक्रिवितरण हुँदै आएको छ ।ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब छ हप्तामै केली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच सय ४० लाख अमेरिकी डलर बराबरको आफ्नो उत्पादन विक्री वितरण गर्न सफल भएको थियो  । त्यसयता केलीले आफ्नो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भैसकेको छ ।

केइली कम्पनीकी मालिक केली स्वयं हुन् भने जम्मा २९ डलरको लिपिस्टकबाट आफ्नो कारोबारको सुरुवात गरेकी उनले कम्पनीको मुल्य नब्बे करोड डलर रहेको अनुमान रहेको छ ।उनको कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ्ग गर्ने काम भने सिड व्युटीले गर्दै आएको छ । त्यसको विक्रीवितरण तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ।  कम्पनीको फाइनान्सको जिम्मा उनकी आमा क्रिशले गर्दै आएकी छिन् । केलीले आफ्नो प्रोडक्टको मार्केटिङ सोशल मिडियामार्फत गर्र्दै आएकी छिन्, जहाँ उनको लाखौ फलोअर्स छन् ।

‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसले गर्दा मैले केही कुरा सुरु गर्नु अघि नै त्यो कुरा लाखौ जनतासम्म पुगिसक्छ’, केलीले भनेकी छिन् ।अल्ट्रा र केलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केलीले महंगोदेखि सस्तो प्रोडक्टस् समेत बिक्रीवितरण गर्दै आएका छन् । विश्लेषकहरुका अनुसार केली केस्मेटिकले बालबालिका देखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरीद नगर्नेहरुको पहँुचमा समेत केली पुग्न सफल भैसकेको छ । अल्ट्राले केलीको विक्रीवितरणमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सय भन्दा बढी स्टोर छ । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आफ्नो उत्पादन बजारमा लैजान खासै कुनै फण्डा अपनाउनु पनि परेको छैन ।

‘केलीले एक करोड मानिसहरु समक्ष पुग्न सफल हुनुमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलेको छ । उनले अनलाइनमार्फत राम्ररी काम पनि गरिरहेकी छिन् । तर अनलाइनले उनलाई पु¥याउन सक्ने भनेको त्यहीसम्म मात्र हो’,  बीएमओ क्यापिटल मार्केटका इन्क्वीटी रिर्सच एनालिष्ट सेनोन कोइनले भनिन् ,‘ उसले सम्भवत महसुस गरिसकेको हुनु पर्छ कि अब यो भन्दा अघि बढ्नु छ भने उनलाई एउटा पार्टनरको आवश्यकता पर्छ’ । एक वर्षको अवधीमा केली प्रोडक्टले आफ्नो उत्पादन शुन्यबाट ३०७ करोड अमेरिकी डलर पु¥याउन सफल भएकी थिइन् । हाल केलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap