जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा


लेखक : सुन्दराञ्चल      माघ १२, २०७८ मा प्रकाशित     
जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा

काठमाडौं माघ १२। कोभिड(१९को नयाँ भेरियन्टको संक्रमण बढेसँगै यसलाई नियन्त्रणका लागि काठमाडौं उपत्यकाको सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणाली लागू भएसँगै यो प्रणालीको तीव्र आलोचना भइरहेको छ ।

जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा पारेको र यसले थप संक्रमण फैलाउने जोखिम बढेको उनीहरुको अनुभव छ । दैनिक सार्वजनिक यातायातमा यात्रा गरेर कार्यलय आउजाउ गरिरहेकी कुपण्डोलकी कल्पना शाक्यले अहिले समयमा गाडी नपाउने र पाएको गाडीमा पनि भिडभाडबीच जानुपर्ने बाध्यता भएको सुनाउँछिन् ।

कुपन्डोलबाट तीनकुनेस्थित कार्यलय जानको लागि दैनिक भीडभाडबीच यात्रा गर्नु परेको उनको गुनासो छ । उनी भन्छिन् ‘जोरबिजोर प्रणाली भएपछि गाडी नै कम हुन्छ । पाएको गाडीमा पनि कोचाकोच मान्छे हुन्छ । भिड छ भनेर अर्को गाडी कुर्ने अवस्था नै हुँदैन । अनि झन कोरोना सर्ला भन्ने डर ।’

अब सार्वजनिक यातायातमा भाडा नतिरे ५ हजारसम्म जरिवाना - अन्नपूर्ण टाइम्स

जोरबिजोर प्रणालीले गाडी स्वत कम हुने हुँदा गाडीमा थप भिड बढ्ने उनको भनाइ छ । उनी अगाडि थप्छिन् ‘म जस्तो निजी सवारी साधन नभएकोलाई यो जोरबिजोर प्रणालीले साह्रै समस्यामा पारेको छ ।’

गत आइतबार सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ता करिश्मा ढकालले जोरबिजोर प्रणालीको कारण भोगेको समस्या ट्वीट गरेकी छिन् । सुन्धाराबाट माछापोखरी जान गाडीमा चढेकी उनलाई यात्रु क्षमता बढी भयो भनेर जमलमा ट्राफिक प्रहरीले ओरालेपछि हिँड्दै गएर लैनचौरबाट गाडी चढेको उल्लेख गरेकी छिन् ।

लैनचौरमा चढेको गाडीले माछापोखरी नपुग्दै बसपार्क बाहिर ओरालेपछि माछापोखरीस्थित घरतर्फ जाने क्रममा पाँच जना केटाहरुको समूहले दुर्व्यवहार गरेको उनले उल्लेख गरेकी छिन् । आफू ठीकै भएपनि उक्त घटनाले उनलाई मानसिक रुपमा असर गरेको ट्वीटमा उल्लेख गरेकी छिन् ।

यस्तै समस्या धुम्बाराहीकी मन्जु केसी पनि भोगेकी छिन् । लाजिम्पाटमा रहेको कार्यालय जाने र घर फर्कने क्रममा कम भीड भएको गाडी पाउन मुश्किल पर्छ । जोरबिजोर भएपछि कम गाडी हुँदा गाडीमा झन् भीड बढ्दा कोरोनाबाट बच्न पनि मुश्किल पर्ने उनको अनुभव छ ।

आफन्त कहाँ बसिरहेकी उनलाई कोरोना संक्रमण सारेर लग्छु कि भन्ने डरले भिडभाडबाट जोगिने प्रयास गरिरहेकी छिन् । त्यसले गर्दा मन्जु कार्यलय पुग्ने समय र घर फर्कने समय पनि ढिला भइरहेको छ । आइतबार पनि कम भीड भएको गाडी कुर्दै समय साँझ अबेर मात्रै गाडी चढिन् ।

सार्वजनिक यातायातमा मनपरी भाडा – समावेशी

उनले अनलाइनखबरसँगै कुरा गर्दै भनिन् ‘धुम्बाराहीमा गाडीबाट ओर्लेपछि घर जाँदा अलि माथिबाट दुई जना केटाहरु पछि पछि आइरहेका थिए । उनीहरु आफ्नै गन्तब्यतिर हिँडेका होलान् भनेर वास्ता गरिनँ । तर अलि माथि पुगेपछि मेरो नजिक आएर अश्लिल बोल्दै मलाई जिस्कायो । त्यसपछि बेस्सरी डर लाग्यो । सडक बत्ती पनि थिएन । तर घर नजिकै भएकोले अलि आँट आयो र बेस्सरी कराएँ । त्यहिबेला एउटा बाइक आयो र मैले रोक्न भनेपछि रोकियो । त्यसपछि तिनीहरु भागे ।’

आइतबार साँझको घटनाले सोमबार भीड भएको गाडी नै चढेर गएको सुनाउँछिन् । जोरबिजोर प्रणालीले निम्न आयस्रोत भएका वर्गलाई प्रत्यक्ष असर पार्ने उनको अनुभव छ । उनी भन्छिन् ‘पैसा हुनेहरुले त जसरी पनि आफ्नो जोहो गर्न सक्छन् । पठाओ, ट्याक्सीबाट जान सक्छन् । तर त्यसरी जान नसक्ने हामीले चाहिँ रोगले मर्नुपर्ने हो र रु’

सार्वजनिक यातायातमा नै दैनिक यात्रा गर्ने वर्गको लागि जोर बिजोर प्रणाली थप कष्टकर बनेको छ । गाडीमा सिटको लागि दौड्नुपर्ने मात्रै नभएर भीडभाडमा बस्दा संक्रमण सर्ने डरका बीच यात्रा गर्नु परिरहेको उनीहरुको अनुभव छ ।

बानेश्वर बस्ने कुमार थापा दैनिक सार्वजनिक यातायातबाटै एयरपोर्ट गेटमा रहेको कार्यालय आउजाउ गर्ने गरेका छन् । जोर बिजोर प्रणालीले झन भीड बनाएको बताउँछन् ।

उनी भन्छन्, ‘सधैं नै गाडीमा बस्न पनि ठेलम ठेल गर्दै बस्नुपर्छ । अहिले त झन् जोरबिजोरले गर्दा कम गाडी हुन्छ । झन् गाह्रो छ । अरु त त्यस्तै हो संक्रमित भएर घरकालाई सार्छु कि भन्ने त्रास हो ।’

सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश निम्न वर्गका हुने र ती वर्गको सुरक्षाको लागि सरकारले कहिल्यै नसोच्ने उनको गुनासो छ । उनी भन्छन् ‘नेपाल सरकारले कहिल्यै गरीबलाई भलो हुने नियम बनाएन । झन् झन् समस्यामा पार्ने मात्रै नियम बनाउँछ ।’अनलाइनखबर

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap