जेसि कार्यान्वयनका चुनौती र लैङिक समानता प्रवद्र्धनका लागि प्रतिविम्बात्मक सवांद


लेखक : सुन्दराञ्चल      बैशाख ३०, २०८२ मा प्रकाशित     
जेसि कार्यान्वयनका चुनौती र लैङिक समानता प्रवद्र्धनका लागि प्रतिविम्बात्मक सवांद

धनगढी, ३० बैशाख । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लैङिक समानताका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ ।
ओरेक नेपालको आयोजना तथा युएन वुमन, साउमी फिनल्याण्डको सहयोगमा हसुलियामा भएको जेसि कार्यान्वयनका चुनौती र लैङिक समानता प्रवद्र्धनका लागि प्रतिविम्बात्मक सवांद कार्यक्रममा उहाँले त्यसो भन्नु भयो । लैङिगक समानताका लागि पालिकाबाट महिला तथा मानव अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारीबाट समन्वय गरी विभिन्न कार्यक्रम गरिरहेको पनि बताउनु भयो ।
अहिले लैङिगक समानताका लागि ढेर काम गर्न बाँकी छ, गाउँपालिका अध्यक्षले भने, ‘स्थानीयस्तरमा लैङिक हिंसा निवारण कोषका लागि बजेट रहेको तर नीति नबनि सकेको कारण सो रकम खर्च हुन सकेको छैन । पालिकासे चाँडै नीति बनाएर कार्यान्वयन तर्फ लग्नेछ ।
गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी लैङिगक समानताका लागि विभिन्न वडामा महिलाहरुका लागि आर्थिक शसक्तीकरणका लागि बजेट विनियोजना गरेर कार्यक्रम भैरहेको बताउनु भयो । महिलाहरु आर्थिक रुपमा सवल नहुदासम्म लैङिक हिंसामा पर्ने भएकोले सीपमुलक आयमुलक तालिममा सहभागी गराउदै आएको बताउनु भयो ।
वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी पछाडि पारिएका वर्ग समुदायलाई सम्मान व्यवहार गर्दै राज्यबाट प्रदान गरिने सेवा सुविधामा पहुँच पु¥याउने उद्देश्यका साथ अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा ओरेक नेपालका कार्यक्रम व्यवस्थापक सुलोचना खनाल लैससास नीति तथा रणनीति कार्यान्वयनमा रहेका प्रमुख चुनौती र सम्बोधनमा सरोकारवाला निकायका भूमिकाबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।
नेपालको संविधानमा लैङिगक समानता सम्बन्धी धेरै प्रकारका अधिकार सुनिश्चित गरेको भएपनि कार्यान्वयन नभएको बताउनु भयो । दिगो विकास लक्ष्यमा सन २०३० मा आइपुग्दासम्म सबै थरिका लैङिगक विभेदको अन्त्य गरिसक्ने भनिए पनि पोलिसी बनेर कार्यान्वयन नभएको बताउनु भयो ।
नेपालको संविधानको धारा १८ मा समानताको हक, धारा ३८ मा महिलाका अधिकार, धारा ४० मा दलितका अधिकार, धारा ५० मा राज्यको निर्देशक सिद्धान्त, लैंगिक समानता, समानुपातिक समावेशिकरण, स्थानीय सरकार संचालन ऐन २०७४ लैंगिक समानता तथा सामाजिक समावशीकरण ९लैससास० गाउँपालिका तथा नरपालिकाको काम, कर्तव्य र अधिकारमा लेैेससास सम्वन्धी व्यवस्था उल्लेख गरेको छ ।
वडा समितिको काम, कर्तव्य अधिकार अन्तर्गत वडामा आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिका महिला, बालबालिका, दलित अपांगता रहल व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत सम्मुदायका अभिलेख राखि सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने व्यवस्था रहेको छ ।
स्थानीय तहका लागि लैङिक समानता र सामाजिक समावेशिकरण परीक्षण दीगदर्शन २०७८, राष्ट्रिय लैंगिक समानता नीति २०७७ रहेको छ ।
लैङिक हिंसाका अवस्था हेर्दा सन २०२३÷२०२४ मा नेपाल प्रहरीको तथ्यांक अनुसार लैङिक हिंसा घटना १६ हजार ४१६ वटा दर्ता भएको छ । त्यस मध्ये ७८।३ प्रतिशत अर्थात १२ हजार ८४६ घटना घरेलु हिंसाका छन । सुदूरपश्चिममा मात्र १ हजार ६१४ वटा घटना दर्ता भएको छ ।
त्यसै अवधिमा ओरेक नेपालले अभिलेखीकरण गरेको लैङिक हिंसाका घटना १३ सय ९३ वटा रहेको छ । जसमा घरेलु हिंसाका सबभन्दा बढी ९११ वटा रहेको कार्यक्रम व्यवस्थापक खनालले जनाउनु भयो ।
त्यसै गरि एक संस्थाले गरेको अध्ययन अनुसार हिंसा भोग्न ६१ प्रतिशत नेपाली महिला सामाजिक कलङक, प्रतिशोधका डर र सहयोगको अभावका कारण आफना अनुभव लुकाउना बाध्य रहेका छन ।
लैससास मुल प्रवाहीकरणका लाग आवश्यक तत्व राजनैतिक दृढता तथा नेतृत्व, नीतिगत ढाँचा, सरकारी संरचना, संयन्त्र र प्रक्रिया, साधान स्रोत, तथ्यांक तथा सूचना प्रणाली, विश्लेषण गर्न ज्ञान तथा औजार आवश्यक रहेको कार्यक्रम व्यवस्थापकले जानकारी गराउनु भयो ।
कार्यक्रममा लैङिक समानता तथा सामाजिक समावेशीकरणका लागि पालिकामा भएको प्रयास नीति, निर्देशिका, कार्यविधिबारे छलफल गरिएको छ । त्यसै गरी जेसि नीति कार्यान्वयनमा देखिएको वा भोगेको प्रमुख अवरोध के के छ रु यो अवरोधलाई सम्बोधन गर्न व्यक्ति, संस्था र समुदाय के गर्न सक्छ भन्ने विषयबस्तुमा समुहगत कार्य गरिएको थियो ।
कार्यक्रममा टमान वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, ओरेक नेपालका प्रदेश संयोजक सपना थापा, जिल्ला संयोजक गीता चौधरी, ओरेक नेपालका टिम, सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसै गरी ओरेक नेपालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलगायत विषयगत शाखाका प्रमुखहरुसँग जेसि कार्यान्वयनका चुनौती र लैङिक समानता प्रवद्र्धनका लागि प्रतिविम्बात्मक सवांद कार्यक्रम गरेको थियो ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap