‘जी ले जरा’मा प्रियंका, आलिया र कट्रिना एकसाथ


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
‘जी ले जरा’मा प्रियंका, आलिया र कट्रिना एकसाथ

बलिउडका ३ सुपरस्टार नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकका लागि पक्कै पनि विशेष नै हुन्छ । बलिउडका ३ सफल नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट अब एकसाथ पर्दामा देखिने भएका छन् ।

फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायिकाहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्र यात्राको क्रममा हुने विभिन्न घटनाहरुलाई समावेश गरेर फरहानले बनाउँदैछन् ।

यो चलचित्रको खबर सार्वजनिक भएसँगै आलिया भट्टको पुरानो एक अन्तरवार्ता पनि सार्वजनिक भएको छ, जसमा उनले फरहानको ‘दिल चाहता है २’मा श्रद्धा कपुर र परिणिती चोपडाको साथमा काम गर्न चाहेको उल्लेख गरेकी छिन् ।

फरहानले आलियाको यो कुरा सुनेपछि नै चलचित्रको कथा बुनेका थिए । यसअघि उनले ‘जिन्दगी ना मिलेगी दोबरा र दिल चाहता है’ लगायतका चलचित्र बनाएका थिए । बलिउडका तिन सर्वाधिक सफल र उच्च फ्यान कमाएका नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकलाई फरक अनुभुती हुने अपेक्षा गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap