जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७


लेखक : सुन्दराञ्चल      कार्तिक १८, २०८० मा प्रकाशित     
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७

कार्तिक १८, शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट जिल्लाबाट भएको छ । जहाँ ७२ महिला र ३३ परुष गरी जम्मा १०५ जनाको मृत्यु भएको छ । यस्तै, रुकुमपश्चिम जिल्लामा २७ महिला २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।

भूकम्पमा जाजरकोट, रुकुमपश्चिम, दैलेख र जुम्ला जिल्लाका १६६ जना घाइते भएका छन् । जसमध्ये पाँच जना डिस्चार्ज भएका छन् । बाँकी १६१ जनामध्ये ३२ जनाको भेरी अस्पताल नेपालगन्ज, २४ जनाको प्रदेश अस्पताल सुर्खेत, सात जनाको टिचिङ अस्पताल काठमाडौँ र बाँकीको जाजरकोट, रुकुमपश्चिमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap