जागेश्वर गौतमसहित ४ स्वास्थ्य अधिकारीको सरुवा प्रधानमन्त्री देउवाले रोके


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
जागेश्वर गौतमसहित ४ स्वास्थ्य अधिकारीको सरुवा प्रधानमन्त्री देउवाले रोके

काठमाण्डाै १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीले गरेको सरुवा कार्यन्वयन निर्देशन दिएका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न देउवाले निर्देशन दिएका हुन् ।

वीरका प्रशासकीय प्रमुख गौतम, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.रुद्र मरासिनी, सार्क क्षयरोग केन्द्रका विवेकलाल कर्ण र फाजिलमा रहेकी रिता भण्डारी जोशीको सरुवा रोक्न तत्कालका लागि रोकिएको छ ।

स्वाथ्य मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णय गरी चार स्वास्थ्य अधिकारीको सरुवा गरिएको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालका प्रमुख गौतमलाई परोपकार प्रसूति अस्पतालमा सरुवा गरिएको थियो । वीरको प्रमुखमा डा. मरासिनीलाई लगिएको थियो ।

भण्डारीलाई सार्क क्षयरोग केन्द्रमा र विवेकलाल कर्णलाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यस विषयमा आफैंले निर्णय गर्ने भन्दै देउवाले सरुवा कार्यान्वयन नगर्न भनेका हुन् । सोमबार सरुवाको निर्णय भएपछि प्रा.डा. गौतम वीर अस्पतालबाट विदा लिएर आज थापाथली जाने तयारीमा थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap