जयललिता आफ्नो बायोपिकमा कंगना होइन, ऐश्वर्या चाहन्थिन्


लेखक : सुन्दराञ्चल      साउन १३, २०७८ मा प्रकाशित     
जयललिता आफ्नो बायोपिकमा कंगना होइन, ऐश्वर्या चाहन्थिन्

काठमाडौँ — तमिलनाडुकी मुख्यमन्त्री जयललिता आफ्नो बायोपिकमा अभिनेत्री ऐश्वर्य राय बच्चनले अभिनय गरुन् भन्ने चाहन्थिन् । एक अन्तर्वार्तामा आफूमाथि बायोपिक बनाउँदा कुन अभिनेत्री सुहाउला भन्ने प्रश्नमा उनले ऐश्वर्यको नाम लिएकी थिइन् ।
सन् १९९९ मा सिमी गेरेवालसँगको अन्तरवार्ताका क्रममा ललितालाई उक्त प्रश्न सोधिएको थियो ।

के उनको बायोपिकमा ऐश्वर्य देखिँदैछन् त ?

जयललितामाथिको बायोपिकमा अभिनेत्री कंगना रनावत देखिँदैछन् । विजयले निर्देशन गरेको फिल्मको केही समय अगाडि ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्मको नाम हो, थलाइवी । अभिनयबाट राजनीतिमा मोडिएकी राजनीतिज्ञ जयललिताको भूमिकामा कंगनाले अभिनय गरेकी हुन् । अप्रिलमा फिल्मको प्रदर्शन गर्ने तयारी थियो । तर कोरोना महामारीले फिल्मको प्रदर्शन रोकियो ।

जयललिता आफूमाथि फिल्म बनोस् भन्ने चाहन्नथिन् । तर जब सिमीले उनलाई बायोपिकमा अभिनय गर्ने अभिनेत्रीको नाम सोधिन् । उनले ऐश्वर्यको नाम लिएको द हिन्दुस्तान टाइम्समा उल्लेख छ । ‘मलाई लाग्छ मेरो कम उमेरको भूमिका गर्न ऐश्वर्यलाई सुहाउँछ । तर मलाई अहिले र भविष्यमा जस्तो देखिन्छु त्यसको भूमिका निभाउन अलि गाह्रो पर्ला,’ उनले अन्तर्वार्तामा भनेकी थिइन् ।

यो अन्तर्वार्ता भएको २० वर्षपछि कंगनाले जयललिताको जीवनीमाथि फिल्म बनाउने घोषणा गरेकी हुन् । सन् २०१६ मा जयललिताको निधन भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap