जयपृथ्वी नगरपालिकाको सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
जयपृथ्वी नगरपालिकाको सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा

बझाङ ७ असाेज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा बझाङको जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नगर सभापतिमा हिरेन्द्र छत्याल, डम्बरबहादुर सिंह र खगेन्द्र खड्का बीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

काँग्रेसले जिल्लाका सबै वडामा सहमतिको आधारमा अधिवेशन सम्पन्न गरी सकेको भएपनि लामो समयसम्म काँग्रेसका अग्रज नेताहरुले सर्वसम्मत अधिवेशन गर्न खोजे पनि सहमति हुन सकेको छैन । पार्टीको नगर नेतृत्व चयनका लागि काँग्रेसमा क्षेत्रीय प्रतिनिधिहरुले नै मतदानमा सहभागी हुन पाउँने प्रावधान रहेको छ । जयपृथ्वी नगरपालिकाको नगर सभापतिका आकांक्षी छत्यालले दोहो-याउन चाहेका हुन भने सिंहले नगर कोषाध्यक्ष पदबाट सभापति पदमा दाबी गरेका हुन ।

त्यस्तै खड्का नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला सचिव पदबाट नगर सभापतिमा रहेर काम गर्न इच्छुक देखिएका हुन । काँग्रेसलाई चलायमान बनाउन, आगामी निर्वाचनमा काँग्रेसलाई बिजय गराउन र गुटबन्दीको अन्त्य गर्न नै आफ्नो नगर सभापतिमा उम्मेदवारी रहेको खगेन्द्र खड्काले बताए ।

उनले अन्य उम्मेदवारहरू सँग १ मतले भएपनि विजयी हुने दाबी गरे । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा असोज ९ गते बाट अधिवेशन हुदैछ । ‘राम्रो काँग्रेस, हाम्रो काँग्रेस’ बनाउन काँग्रेसलाई अनुशासित र व्यवस्थित बनाउन, काँग्रेसलाई गतिशिल बनाउन र सहमती सहकार्य र एकताका साथ अगाडि बढ्नका निमित्त नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको डम्बर बहादुर सिंहले बताए ।
नगरमा ७५ प्रतिशत मतदाता आफ्नो पक्षमा रहेको अवगत गराउँदै १२० मत भन्दा माथि मत हासिल गरेर विजयी हुने जिकिर गरे । काँग्रेसको जिल्ला अधिवेशन​ चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली काँग्रेस निकट कार्यकर्ताहरूको भिडभाड भने निकै बढेको देखिन्छ  ।

गुटबन्दीको अन्त्य गर्न र काँग्रेसको संगठन चुस्त र दुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको हिरेन्द्र छत्यालले बताए । आफू नेपाली काँग्रेसका लागि गरेको योगदान सम्झेर मतदाताहरूले जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा विजयी गराउने  उनले दावी गरे ।

जिल्लामा जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा दाबी गरिरहेका उम्मेदवार हिरेन्द्र छत्याल पनि पूर्व राज्यमन्त्री अर्जुनजंग बहादुर सिंह निकट मानिन्छन् भने डम्बर बहादुर सिंह पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह निकट मानिन्छन् । त्यस्तै खगेन्द्र खडका संविधान सभा सदस्य चन्द्रा जोशी निकट रहेको काँग्रेसका जिल्ला स्तरका नेताहरुको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap