जन्मघर फर्कन दशैमा हतार,,


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७९ मा प्रकाशित     
जन्मघर फर्कन दशैमा हतार,,

१५ असोज, काठमाडौं । दशैं अर्थात पारिवारिक मिलनको पर्व ।घरबाट टाढा भएकाहरू पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा छ ।

विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ ।

विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको बिहानदेखि साँझसम्म ठूलो भीड लागेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap