सुदुरपश्चिम प्रदेश सरकारको बिनियोजित बजेट बाट जनशिखा बहुमुखी क्याम्पसको निर्माण हुने घेराबार आयोजनाको सु.प प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले शिलान्यास गर्नु भएको छ ।
गृह जिल्ला का विभिन्न कार्यक्रममा सहभागी र भेटघाट गर्न मन्त्री साउँद गृह जिल्ला अछाम जानुभएको छ । प्रदेश सरकारको आ.व २०८०÷०८१ को विनियोजित शिर्षक बाट जानकी आधारभूत विधालय मेल्लेख गा.पा नन्देगडा,ग्वालेकोट को २ कोठे भवनको शिलान्यास गर्नु भयो । कार्यक्रममा मेल्लेख गा.पा अध्यक्ष ज्वालासिंह साउद,वडा अध्यक्ष प्रेम महर,माओवादी केन्द्रका सुप प्रदेश कमिटी सदस्य बालाराम उपाध्याय, सेती प्रादेशिक अस्पतालका अध्यक्ष नर ब. शाह,समाजसेवी केशर साउद,नर बहादुर साउद लगायतको उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रमलाइ सम्बोधन गदै आफुलाई यस क्षेत्रका जनताले विश्वास गरि प्रदेश सरकारको क्याबिनेटको सदस्यमा बनाएकामा आभार व्यक्त गर्दै जुन विश्वास,अपेक्षा गरि आफुलाई निर्वाचित गरेर पठाएकाछन्,जुन माया र साथ दिनुभएको छ यसको ऋण आफुले जनताको हितलाई सर्वोपरि राख्दै विकासलाई गति दिने काममा आफू लागिपर्ने बताउनुभयो।
सामाजिक विकास मन्त्रालयको नेतृत्व गरिरहदा केही जनताका मुद्दालाई प्राथमिकतामा राखी केही नीतिगत र प्रशासनिक काममा लाग्नु परेकोले आफू आफ्नो प्रदेश निर्वाचन क्षेत्रमा आउन ढिलो आएपनि यहाँको आवश्यकता,मागको बारेमा आफू सदैव जानकार रहेको समेत बताउनुभयो।

राष्ट्रिय रुपमा देखा परेको आर्थिक संकुचना बाब्जुत पनि आफुले अछामका प्रायः सबै स्थानीय तहमा कुनै न कुनै रुपबाट चाहे खेलमैदान वा विधालय भवन तथा घेरापर्खाल वा बर्थिङ सेन्टर वा स्वास्थ्य चौकी भवनमा पर्याप्त बजेट नभएको महसुस गर्दै केही मात्रामा भएपनी समावेश गर्न सकिएको र बाँकी कामहरुलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री साउँदले दि.सि.न.पा–९ डोटी,मछेन्तोला स्थित श्री मष्टेश्वर आ.वि दुई कोठे भवनको उद्घाटन समेत गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सु.प प्रदेश कमिटी सदस्य, के.वी साउद, नेता बालाराम उपाध्याय ं स्थानीय कार्यकर्ता र अभिभावक हरुको उपस्थिति रहेको थियो ।