छ वर्षे टीकापुर


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
छ वर्षे टीकापुर

छ वर्ष,
अंक गणनामा नजानुस्
एक, दुई, तीन, चार र पाँचपछि ‘छ’
औँलामा सजिल्यै अट्न सक्छन्
तर छ वर्षलाई अंकमा होइन
अंकगणितमा व्यक्त गर्नुस्
समयको हरेक पलपलमा व्यक्त गर्नुस्
छ वर्ष लामो समयको चाल हो
छ वर्षमा बालकले पूरै जिन्दगी सिक्छ
सर्पले कैयौँ पटक काँचुली फेर्छ
पछारिएको धरहरा फेरि उभिन सक्छ
छ वर्ष, छ वर्ष होइन टीकापुरको लागि
छ वर्ष छ दशक हो

टीकापुरले अरूलाई जमिन दियो
जमिनदारको आसनमा बसायो
अरूको हक र अधिकारका लागि लड्यो
खुवायो, नचायो र उच्च ओहोदासम्म पुगायो
बदलामा उसलाई दास बनाए
उसको सोझोपनको फाइदा उठाए
टीकापुरले राज्यमा समान सहभागिता पाएन
त्यही दासता र असमानता विरूद्ध
ज्वालामुखी बनेर विस्फोट भयो-
छ वर्षे टीकापुर

टीकापुर जन्मेको छ वर्ष भयो
तर पनि टीकापुर कोक्रोमै छ
छ वर्षमा कति सरकार फेरिए
न्यायको तराजु उठाउनेहरूको अनुहार फेरियो
कति अध्यादेशहरू ल्याइए
कैयौँ नीति नियमहरू बने
तर टीकापुरको घाउलाई निको पार्ने कानुन बनेन
आज पनि टीकापुर दासताको जन्जिरबाट
आफ्नी आमालाई नियालिरहेको छ
बलात्कृत थरूनी घाउ पुरिन्छ कि भनी
हरेक दिन न्यायालय धाइरहेकी छिन्
तर पनि अनुहार ओभानो छैन
थारूहरूको घर खरानी नै छ
टीकापुरको माटो रगताम्य नै छ
टीकापुरको आँखा भिजेकै छ
तर मरिसकेको मनलाई ब्युँताएर
सद्भावको टीका लगाउन चाहन्छ टीकापुर
न्यायकै तराजुमा न्याय खोज्न चाहन्छ टीकापुर
हरेक दिन न्यायको कठघराबाट
बकिरहेछ टीकापुर- न्याय! न्याय! न्याय!

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap