छोरी सुहानाका प्रेमीका लागि शाहरुखले राखे ७ शर्त


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
छोरी सुहानाका प्रेमीका लागि शाहरुखले राखे ७ शर्त

मुम्बई– प्रायः परिवारहरुमा छोरा आमाको प्यारो हुन्छन् भने छोरी बाबुको । एउटा बुबाका लागि छोरीको खुशी भन्दा ठुलो संसारम केही पनि हुँदैन । तर, जब कुरा आफ्नी छोरीको भविष्यको आउँछ तब प्रायः सबै बुबाको सोच एउटै किसिमको हुन्छ ।

बलिउड अभिनेता शाहरुख खान पनि तिनै पिताहरुमध्येका एक हुन्, जो आफ्नो परिवारको ध्यान राख्ने मात्र नभएर आफ्नी छोरी सुहानाका लागि पनि ओभर प्रोटेक्टिभ छन् । एउटा अन्र्तवार्ताको क्रममा शाहरुखलाई यदि उनकी छोरीलाई कसैसंग प्रेम भयो भने उनमा के–के खुबीहरु हुनु पर्छ ? भन्ने प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफमा शाहरुख खानले छोरी सुहानाको प्रेमी हुनु अगाडि ७ वटा सामान्य शर्त मान्नु पर्ने बताएका छन् ।

ती शर्तहरु यस्ता छन् :

‘राम्रो जागिर गर्नु पर्छ । मैले तिमीलाई मन पराउँदिन भन्ने बुझिरहनु । म हरेक ठाउँमा उपस्थित हुन्छु । आफ्नै एउटा वकिल पनि राख्नु । उनी मेरी राजकुमारी हुन्, त्यसैले तिमीले उनलाई जित्न सक्दैनौं । मलाई दोस्रो पटक जेल जान कुनै आपत्ति हुँदैन । तिमीले उसंग जे गर्छौ, म तिमीसंग त्यहि गर्नेछु । यदि मेरी छोरीले कसैलाई मन पराउँछिन् भने म केही भन्दिन । उसलाई स्वीकार गर्छु । तर सुहाना मेरी राजकुमारी हुन्, जसको मन टुक्राउने सोच्दा पनि नसोच्नु’ भनेर चेतावनी भने दिन्छु ।

शाहरुख खान आफ्ना सन्तानका लागि बिन्दास पिताको रुपमा परिचित छन् तर छोरीलाई उनी अझ बढि ध्यान दिन्छन् । आफ्नी छोरीले कुनै त्यस्तो व्यक्तिसंग भेटोस्, जसले उनलाई सबैभन्दा धेरै प्रेम गरोस् भन्ने चाहना हरेक पिताको हुन्छ । शाहरुख खान पनि तिनै पिता मध्येका एक हुन्, जसले आफ्नी छोरी सुहानाका लागि सुन्दर भविष्यको कामना गर्छन् । शाहरुखले राखेका ७ सर्तहरुले पनि उनी आफ्नी छोरीलाई चिन्तित देख्न सक्दैनन् भन्ने कुरा प्रष्ट हुन्छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap