छोरी सुहानाका प्रेमीका लागि शाहरुखले राखे ७ शर्त


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
छोरी सुहानाका प्रेमीका लागि शाहरुखले राखे ७ शर्त

मुम्बई– प्रायः परिवारहरुमा छोरा आमाको प्यारो हुन्छन् भने छोरी बाबुको । एउटा बुबाका लागि छोरीको खुशी भन्दा ठुलो संसारम केही पनि हुँदैन । तर, जब कुरा आफ्नी छोरीको भविष्यको आउँछ तब प्रायः सबै बुबाको सोच एउटै किसिमको हुन्छ ।

बलिउड अभिनेता शाहरुख खान पनि तिनै पिताहरुमध्येका एक हुन्, जो आफ्नो परिवारको ध्यान राख्ने मात्र नभएर आफ्नी छोरी सुहानाका लागि पनि ओभर प्रोटेक्टिभ छन् । एउटा अन्र्तवार्ताको क्रममा शाहरुखलाई यदि उनकी छोरीलाई कसैसंग प्रेम भयो भने उनमा के–के खुबीहरु हुनु पर्छ ? भन्ने प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफमा शाहरुख खानले छोरी सुहानाको प्रेमी हुनु अगाडि ७ वटा सामान्य शर्त मान्नु पर्ने बताएका छन् ।

ती शर्तहरु यस्ता छन् :

‘राम्रो जागिर गर्नु पर्छ । मैले तिमीलाई मन पराउँदिन भन्ने बुझिरहनु । म हरेक ठाउँमा उपस्थित हुन्छु । आफ्नै एउटा वकिल पनि राख्नु । उनी मेरी राजकुमारी हुन्, त्यसैले तिमीले उनलाई जित्न सक्दैनौं । मलाई दोस्रो पटक जेल जान कुनै आपत्ति हुँदैन । तिमीले उसंग जे गर्छौ, म तिमीसंग त्यहि गर्नेछु । यदि मेरी छोरीले कसैलाई मन पराउँछिन् भने म केही भन्दिन । उसलाई स्वीकार गर्छु । तर सुहाना मेरी राजकुमारी हुन्, जसको मन टुक्राउने सोच्दा पनि नसोच्नु’ भनेर चेतावनी भने दिन्छु ।

शाहरुख खान आफ्ना सन्तानका लागि बिन्दास पिताको रुपमा परिचित छन् तर छोरीलाई उनी अझ बढि ध्यान दिन्छन् । आफ्नी छोरीले कुनै त्यस्तो व्यक्तिसंग भेटोस्, जसले उनलाई सबैभन्दा धेरै प्रेम गरोस् भन्ने चाहना हरेक पिताको हुन्छ । शाहरुख खान पनि तिनै पिता मध्येका एक हुन्, जसले आफ्नी छोरी सुहानाका लागि सुन्दर भविष्यको कामना गर्छन् । शाहरुखले राखेका ७ सर्तहरुले पनि उनी आफ्नी छोरीलाई चिन्तित देख्न सक्दैनन् भन्ने कुरा प्रष्ट हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap