छोटो समयमै विश्वव्यापी बन्दै खतरनाक भाइरसहरू


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
छोटो समयमै विश्वव्यापी बन्दै खतरनाक भाइरसहरू

विश्वमा पहिलो पटक फैलिएको सरुवा रोगको भाइरस अर्को पटक त्यसको स्वरूप परिवर्तन भएर शक्तिशाली र खतरनाक बन्न थालेको छ । यसको उदाहरणका लागि कोरोना भाइरसलाई लिन सकिन्छ । अहिले विश्वमा देखा परेको भाइरस छोटो समयमै विश्वव्यापी बन्न थालेकाले यसले स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको छ । सरकारले बेलैमा रोगलाई गम्भीर रूपमा लिएर पूर्वतयारी गर्न नसके ठूलो परिमाणमा जनधनको क्षति हुने निश्चित छ । अब सरकार आमनागरिकलाई रोगका बारेमा प्रचारप्रसार गर्न चुक्नु हुँदैन । सरकारका लागि यो समय पहिलेको गल्तीबाट पाठ सिकेर अघि बढ्ने समय हो । अब सरकार जिम्मेवार बन्नुपर्छ । अनि आमनागरिकहरू सचेत बन्नुपर्छ । यदि पहिलेकै गल्ती दोहोरिएमा त्यसको सजाय समयले अवश्य दिनेछ ।
अधिकांश रूपमा सरुवा रोगले मानव शरीरलाई पटक–पटक सताउने गर्छ । यस्तै सरुवा रोगले पछिल्लो समय चाँडो महामारीको रूप लिन थालेको छ । विश्वसँगै नेपालले पनि यस्तो समस्या झेलिरहेको छ । स्थल र हवाई मार्ग हुँदै छोटो समयमा विश्वका विभिन्न देशमा मानिसको आवत–जावत हुने हुँदा एउटा देशमा फैलिएको भाइरस छोटो समयमै विश्वव्यापी बन्दै छ । त्यसैले समय प्रतिकूल बन्दै गइरहेको छ । यस्तो प्रतिकूल समयमा सबै निकायहरू स्वास्थ्य सावधानीप्रति सचेत नभए हजारौं मानिसहरू अकालमै मृत्युको मुखमा पुग्नुपर्छ भन्ने पाठ हामीलाई कोरोनाले पढाएको छ ।
भ्रम र लापरवाहीका कारण अहिले देशले आर्थिक र मानवीय रूपमा ठूलो क्षति भोगिरहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको अवस्थामा अर्को नयाँ संक्रमण कालो ढुसी (म्युकर माइकोसिस) ले थप चिन्ता बढाएको छ । स्वास्थ्यविद्का अनुसार यो रोग कोरोना संक्रमित वा कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरूमा बढी देखिने गर्छ । सामान्य भाषामा यसलाई ब्ल्याक फङ्ग्स भनिन्छ । यो रोग मधुमेहका बिरामीमा धेरै पाइएको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।
चिकित्सकका अनुसार यो रोगले नाक र आँखामा असर गर्छ । नाक बाङ्गो हुने, आँखा चिलाउने, रातो हुने र आँखाको ज्योति नै हराउने जस्ता जटिल समस्याहरू देखा पर्छन् । यसको संक्रमण सुरुमा भारत र अमेरिकामा कोरोनाबाट मुक्त भएकाहरूमा देखिएको थियो । तर, पछिल्लो समय नेपालमा पनि यसको संक्रमण देखिएको छ ।
नेपालका केही मुख्य सहरमा कालो ढुसीको बिरामी भेटिएपछि यसले स्वास्थ्य क्षेत्रमा थप चिन्ता बढाएको छ । कोरोना संक्रमणमुक्त भएकाहरूमा यो समस्या बढी देखिएकाले कोरोना संक्रमणबाट मुक्त भएका मानिहरूमा कतै यसको संक्रमण पो भइहाल्ने हो कि भन्ने चिन्ता थपिएको छ । त्यसैले कोरोना संक्रमबाट मुक्त भएकाहरूले सजगता अपनाउनु आवश्यक छ । आमनागरिकमा यतिबेला कालो ढुसी पनि कोरोनाजस्तै महामारी नै पो बन्ने हो कि भन्ने त्रास थपिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap