छोटो दुरीका सवारी साधनमा भाडादर टाँसे


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
छोटो दुरीका सवारी साधनमा भाडादर टाँसे

जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले छोटो दुरीका सवारी साधनमा भाडादरको सूची टाँसे नटाँसेको जाँच गर्न थालेको छ।

जिल्लामा सञ्चालित छोटो दुरीका सवारी साधनमा भाडादरको सूची टाँस्न पटक पटक आग्रह गर्दा पनि अटेरी गरेको पाइएकाले अनुगमन गर्न थालिएको हो। भाडादरको सूची नटाँसेको पाइए कारबाही गरिने ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख सहायक निरीक्षक आकाश रावलले बताए।

ट्राफिक प्रहरीले तोकिएको भाडादरभन्दा बढी भाडा नतिर्न यात्रुहरुलाई आग्रह गरेको भए पनि यातायात व्यवसायीले भने कच्ची सडकमा मनोमानी ढङ्गले भाडा लिने गरेको गुनासो गरिएको छ। हाल जिल्लामा एकदर्जन बढी कच्ची सडकमा जिपहरु सञ्चालन हुने गरेका छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap