छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई चैतन्य पाठशालाको साथ


लेखक : सुन्दराञ्चल      फाल्गुन २३, २०८१ मा प्रकाशित     
छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई चैतन्य पाठशालाको साथ

धनगढी फाल्गुन २३, आगामी चैत ७ गते हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई चैतन्य पाठशालाले साथ दिएको छ । धनगढीस्थित पाठशालाले अवार्डलाई सहप्रायोजकका रुपमा साथ दिएको हो ।

प्रायोजन सम्बन्धी सम्झौतामा पाठशालाका प्राचार्य प्रेमनिधी ओझा र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपकप्रसाद उपाध्यायले हस्ताक्षर गरे । सम्झौतापछि पाठशालाका अध्यक्ष अध्यक्ष गणेशप्रसाद जोशीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै सफलताको शुभकामना दिए ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap