छालाको क्यान्सर : लक्षण र उपचार


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
छालाको क्यान्सर : लक्षण र उपचार

छालाको क्यान्सर आम हो । धेरैलाई अहिले छालाको क्यान्सरले सताइरहेको छ । कतिपय असावधानी वा बेवास्ताले छालाको क्यान्सर जटिल चरणमा पुग्न सक्छ । तपाईं÷हामीलाई थाहा छ, क्यान्सरको सुरुवाती अवस्थामा उपचार संभव छ । तर, जटिल अवस्थामा पुगेपछि उपचार खर्चालु मात्र होइन, असंभव पनि हुनसक्छ ।

क्यान्सरको जोखिम हुने व्यक्तिलाई मात्र छालाको क्यान्सर नहुन सक्छ । कालो छाला, कपाल तथा आँखा भएको मान्छे सहित जुनसुकै व्यक्तिलाई पनि छालाको क्यान्सर हुनसक्छ ।

त्यसबाहेक, घाममा धेरै समय विताएमा, परिवारमा कसैलाई छालाको क्यान्सर भएमा, शरीर तथा छालामा अत्याधिक कोठी भएमा, छाला संवेदनशील भएमा, घाममा बस्दा छाला पोलेमा वा छालामा कत्ला परेमा, छाला, आँखा तथा कपालको रङ्ग हल्का भएमा पनि त्यस्ता व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ ।

के छ त जोखिमबाट बच्ने काइदा ? 

–विहान दश बजेदेखि बेलुकी चार बजेसम्मको घामबाट बच्ने ।

–सुर्यको हानीकारक विकिरणबाट बच्न शरीर डाक्ने लुगा लगाउने ।

–घरबाट बाहिर निस्कदाँ जहिले पनि १५ वा सो भन्दा धेरै एसपीएस भएको सन्सक्रिमको प्रयोग गर्ने । र, बोतलमा उल्लेख गरेको निर्देश अनुसार पुन प्रयोग गर्ने ।

–छालाको क्यान्सरको लक्षणबारे जानकारी राख्ने ।

–प्रत्येक महिना छालाको जाँच गर्ने । छालामा कुनै पनि बदलाव देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्ने ।

कति प्रकारका हुन्छन् ?

छालाको क्यान्सर तीन प्रकारको हुन्छ, बेसल सेल कार्सिनोमा, स्क्वामोस सेल कार्सिनोमा र मेलोनोमा ।

बेसल सेल कार्सिनोमा

छालाको क्यान्सरका प्रकारहरुमध्य बेसल सेल कार्सिनोमा सबैभन्दा सामान्य प्रकार हो । यो क्यान्सर छालाको सबैभन्दा तल्लो परतको मूल कोशिकामा विकास हुने गर्छ । यो क्यान्सर विस्तारै विस्तारै बढछ, र अन्य भागमा फैलिन्छ । त्यसैले, यसको उपचार समय रहँदै गर्न जरुरी छ ।

यो क्यान्सर विशेषत अनुहार, कान, टाउको लगायत घाममा एक्सपोज हुने ठाउँमा हुने गर्छ । यो क्यान्सर भएमा छालामा मोतीजस्तो दाना वा मासुको डल्लो देखा पर्छ । मासुको डल्लो गुलाबी देखिने गर्छ । छालामा रातो दाग देखा पर्छ । घाउ ठिक भएर पछि आलो हुने गर्छ ।

स्क्वामोस सेल कार्सिनोमा

यो क्यान्सर छालाको माथिल्लो परतको बाहिर कोशिकामा हुन्छ । मुखको भित्र, जनेन्द्रीय क्षेत्र सहित स्क्वामोस सेल कार्सिनोमा क्यान्सर कही पनि हुनसक्छ । त्यसैले , यो क्यान्सर फैलिनबाट रोक्न सुरुमै जाँच आवश्यक छ ।

मेलोनोमा

मेलोनोमा क्यान्सर छालालाई रङ्ग प्रदान गर्ने कोशिकाबाट सुरु हुन्छ । यो क्यान्सर अन्य टिस्यू तथा अंगमा छिटोछिटो फैलिन सक्छ । यद्यपी, सुरुमा उपचार गरेमा यो क्यान्सर ठिक हुनसक्छ ।

त्यसको लागि छालामा आएको बदलाव वा नयाँ छाला वा छालामा रहेको मासुमा ध्यान दिनु पर्छ ।

त्यस्तै, उक्त मासुको आधा भाग छालाको अन्य भागको मासुको रङ्गसित नमिलेमा, छालाको रङ्ग एक भन्दा धेरै भएमा वा छालाको रङ्गसित नमिलेमा, छुदाँ अर्कै खालको मससुस भएमा, छाला चिलाएमा, सुख्खा भएमा, गाठो भएमा, सुन्निएमा वा नरम भएमा पनि मेलोनोमा क्यान्सर भएको हुनसक्छ ।

के छ त उपचार विधी ?

यसको उपचारमा छालाबाट क्यान्सर भएको छालाको सम्भावित टिस्यूलाई हटाउन सकिन्छ । यसको लागि चिकित्सकको परामर्शमा बायोप्सी जाँचको लागि प्रयोगशालामा पठाउन सकिन्छ । यदी छालाको क्यान्सर भएको पत्ता लागेमा यसको उपचार रेडियो थेरापी तथा किमोथेरापीमार्फत गर्न सकिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap