छानबिन टोली दार्चुलाबाट फर्कियो, जयसिंहको खोजी गर्न विशेष टोली खटाइयो


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
छानबिन टोली दार्चुलाबाट फर्कियो, जयसिंहको खोजी गर्न विशेष टोली खटाइयो

२६ साउन, धनगढी । महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किएको छ ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको जानकारी दिए ।

झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका-२ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो ।

‘जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बुझ्ने कामसँगै घटना स्थलको नेपाल र भारततर्फबाट स्थलगत निरीक्षणलगायतका काम सकेर सहसचिव ज्यूको नेतृत्वमा रहेको टोली फर्किएको छ,’ प्रहरी नायब उपरीक्षक (डीएसपी) भट्टले अनलाइनखबरसँग भने, ‘यहाँबाट फर्किए पनि बैतडी, डडेल्धुरा र कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्नेछ ।’

१५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि खसेर व्याँस गाउँपालिका-२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो ।

बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ । परिवारले उनी जिवितै भेटिने आशा मार्दै कुसको आकृति बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिसकेको छ । तर नेपाल प्रहरीसहितका तीन वटा सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी राखेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयले खोजविनका लागि विशेष प्राविधिक टोली समेत खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयको आग्रहमा धामीको खोजीमा सहयोग गर्न दुुई जना प्राविधिकसहितको विशेष टोली खटाएको हो ।

उक्त टोलीले अहिले महाकाली नदी क्षेत्रमा ड्रोनको प्रयोग गरेर धामीको खोजी गरिरहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले जानकारी दिए ।

धामीको न्यायका लागि भन्दै हस्ताक्षर अभियान शुरु

महाकाली नदीमा बेपत्ता धामीको न्यायका लागि भन्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।

मौलिक जरोकिलो पार्टीले शनिबारदेखि हस्ताक्षर संकलन अभियान शुरु गरेको जनाएको छ ।

मौलिक जरोकीलो पार्टीका सुदूपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले धामी नदीमा बेपत्ता भएको घटनामा भारतीय पक्षको भूमिकाको भत्र्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर अभियान संलकन गरिएको जानकारी दिए ।

करीब ९ हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुुझाउने योजना रहेको उनी बताउँछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap