च्यवनप्रास : शारीरिक दुर्बलता हटाउन र जवान रहन


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
च्यवनप्रास : शारीरिक दुर्बलता हटाउन र जवान रहन

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार लगभग ७५ प्रतिशत बढी नेपालीले प्रत्यक्ष-परोक्ष रुपमा जडीबुटीबाट तयार औषधि उपभोग गर्छन् । त्यसो त परापूर्व कालदेखि नै हामीकहाँ जडिबुटीको पहिचान र प्रयोग हुँदै आएको छ यसमध्ये एक हो, च्यवनप्रास पनि । खासगरी यसमा अमला सामेल गरिन्छ, जो भिटामिन सिको सबैभन्दा समृद्ध स्रोत हो । त्यसपछि यसमा मह, घिउ, ल्वाङ, सुकुमेल, दालचिनी लगायतको मिश्रण गरिन्छ । यी सम्पूर्ण जडिबुटीबाट बन्ने च्यवनप्रास एक आयुर्वेदिक स्वस्थ्य पुरक पोषक तत्व हुन् ।

यो गुलियो, टर्रो स्वादको हुन्छ ।

च्यवनप्रास खासमा च्यावन ऋषिको नामबाट नामकरण गरिएको हो । उनी एक वन ऋषि थिए । महाभारत जस्ता प्राचिन ग्रन्थमा भनिएको छ कि, कसरी जुम्ल्यहा दाजुभाई अश्विनी कुमारले बुढ्यौली उमेरमा पुगिसकेका च्यवन ऋषिलाई  जवान र तागतिलो बनाउन यसको खोज गरेका थिए । भनिन्छ, च्यवन ऋषि एकदमै बृद्ध भएका थिए । उनको जवानी फर्काउनका लागि अश्विनी कुमारको प्रार्थना गरिएको थियो । उनी त्यसबेलाका महान चिकित्सक थिए । अश्विनी कुमारले ऋषि च्यवनका लागि एक दैवी औषधि तयार गरिदिएका थिए, जसबाट च्यवन ऋषि जवान र तन्दुरुस्त भएका थिए । यसै दैविय औषधि च्यवनप्रास हो भनी पौराणिक कथामा उल्लेख गरिएको छ ।

जवान हुन र जीवनशक्ति प्राप्त गर्नका लागि यसको प्रयोग गरिएको थियो ।

च्यवनप्रास एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसमा लगभग ५० जडिबुटी र मसलाको मिश्रणबाट तयार गरिन्छ । च्यवनप्रास प्राचिन आयुर्वेदिक स्वास्थ्य पुरकमा सर्वाधिक रुचाइएको आयुर्वेदिक उत्पादन हुन् । आयुर्वेदका अनुसार कमजोरी, खोकी, फोक्सोको रोग वा क्षय रोग निदानका लागि च्यवनप्रास उपयोगी हुन्छ ।

अहिले डाबर लगायत विभिन्न कम्पनीले च्यवनप्रास उत्पादन गरिरहेका छन् । खासगरी शरीरको प्रतिरक्षा क्षमता बलियो बनाउन च्यनप्रासको खाने गरिएको छ । यद्यपि यसका लागि निश्चित खुराक तय गरिएको छ । चिकित्सकहरुका अनुसार दिनमा दुई चम्चा च्यावनप्रास सेवन गर्नु उपयुक्त हुन्छ ।

-च्यवनप्रास स्वास्थ्यलाई फाइदा गर्ने र औषधीय गुण भएका जडिबुटीहरुबाट बनेको हुन्छ ।

-सामान्यतया च्यवनप्रासमा चिनी हुँदैन र यसलाई मिठो बनाउन सख्खर वा मह प्रयोग गरिन्छ ।

-मधुमेहका बिरामीले पनि आफ्नो प्रतिरोधी क्षमता वृद्धि गर्न च्यवनप्रासको विशेष प्याक पाउन सक्छन्  ।

रुघाखोकी र अन्य समस्याले मनसुनको मौसममा भेट्ने समस्या बढी हुन्छ । मह तथा च्यवनप्रासले मौसमी परिवर्तनको असर न्यूनीकरणको लागिसहयोग पु¥याउँछ ।

बालबालिकाहरु धेरैजसो रोग सार्ने किसिमका जीवाणुको सम्पर्कमा आइरहेका हुन्छन् । बलियो प्रतिरोधी क्षमताको विकासले उनीहरुलाई रोगसँग लड्ने प्राकृतिक क्षमता प्रदान गर्छ । ४० आयुर्वेदिक जडिबुटी भएको डाबर च्यवनप्रास दैनिकरुपमा खुवाउने हो भने यसले बालबालिकाको शरीर तथा मस्तिष्क स्वस्थ राख्न सहयोग पु¥याउँछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap