चौथो चैतन्य कला संस्कृति उत्सव पाठशालामा सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०८१ मा प्रकाशित     
चौथो चैतन्य कला संस्कृति उत्सव  पाठशालामा  सम्पन्न

महादेव गिरी धनगढी चैत २९, धनगढीमा रहेको चैतन्य पाठशालाले चौथो चैतन्य कला संस्कृति उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। “कला संस्कृति हाम्रो पहिचान , मौलिकता हाम्रो शान” भन्ने विचारलाई आत्मसात गर्दै नव वर्ष २०८२ को शुभकामना आदनप्रदानसँगै चौथो चैतन्य कला संस्कृति उत्सव गरेको हो।
धनगढी ५ मा रहेको चैतन्य पाठशाला शौक्षिक, सामाजिक र साँस्कृतिक क्षेत्रहरुमा सक्रिय भएर लागेको देखिन्छ। चैतन्य पाठशालाको चौथो चैतन्य कला कला संस्कृति उत्सव २०८१ को सभापतित्वमा पिटीए अध्यक्ष ईश्वर गिरी र प्रमुख आतिथ्यता सुदूरपश्चिम प्रदेशकी समाजिक बिकाश राज्य मन्त्री सरश्वति खड्का रहेकी थिईन ।

त्यसैगरी गरि चैतन्य कला उत्सव २०८१ मा ख्याति प्राप्त व्यक्तित्व, कलाकार गौरी भट्ट लोकप्रिय देउडा गायिका, निर्मला कार्की लोक गायिका , हुकम देउवा, सनम परिवार सुरेन्द्र संगम, पाठशालाका अभिभावक, , पत्रकार लगायत पाठशालाका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। पाठशालामा विभिन्न देउडा कलाकारहरुले कला पर्दशन गरेर उपस्थित दर्शकहरुलाई मनोरन्जन गराए ।

चैतन्यले बेला बेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्नुका साथै कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुर्याउने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश समाजिक बिकाश राज्य मन्त्री सरश्वति खड्का को भनाई रहेको थियो। त्यस्तै कार्यक्रमा बोल्दै पाठशाला सुदूरपश्चिम मात्र नभयर नेपाल भर चैतन्य पाठशालाले गरेका कामहरु सबैले पाठशालाबाट सिक्नु प्रर्ने बताए । पाठशाला सुदूरश्चिममा मात्र नभयर देशभरमा सबै भन्दा उत्कृष्ट स्कुल रहेको राज्य मन्त्री सरश्वति खड्काले बताए ।

पाठशालाका यस्ता अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत पाठशालाका शुभचिन्तकहरुबाट मिलेको हौसलाले थप उर्जा दिएको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको आशा लिएको पाठ शालाका प्रधानाध्यापकले बताए। कार्यक्रमा सुदूरपश्चिम प्रदेश समाजिक बिकाश राज्य मन्त्री सरश्वति खड्का, पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरी, पाठशालाका डाईरेक्टर कटक बहादुर सिहँ, पत्रकार ,कलाकार ,अभिभावक ,विध्यार्थी लगाएको उपस्थिति रहेको थियोे ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap