चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०७८ मा प्रकाशित     
चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै

काठमाडौं २२ चैत,। काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै छन् । दिउँसो २ बजे बन्दरगाह उदघाटको कार्यक्रम छ ।

वीरगञ्जबाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

२२८ रोपनी क्षेत्रमा फैलिएको यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ भने सीमा क्षेत्रका भन्सारमा हुने पट्ट्यार लाग्दो जाम तथा अन्य खर्चबाट व्यवसायीले राहत पाउने विश्वास गरिएको छ ।

सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिना ढिला गरी आयोजनाको शिलान्यास गरिएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण आयोजनाले १४ महिना अनावश्यक समय गुजार्नु परेको थियो ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap