चोटका कारण मार्टिन ब्रेथवेटले चार महिना खेल्न नसक्ने


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
चोटका कारण मार्टिन ब्रेथवेटले चार महिना खेल्न नसक्ने

२८ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका फवार्ड मार्टिन ब्रेथवेट चोटको कारण चार महिना मैदान बाहिर रहने भएका छन् । गेटाफेसँग भएको खेलको क्रममा उनी घाइते भएका थिए ।

आइतबार गरिएको मेडिकल चेकजाँचका क्रममा उनको घुँडामा चोट लागेको देखिएको हो । अब बार्सिलोनाले उनको उपचार कसरी गर्ने भन्ने कुराको निर्णय गर्नेछ, यद्यपि अपरेसन नगरी उपचार गर्नु सम्भव नभएको चिकित्सकहरुले बताएका छन् ।

त्यसैले अब तीनदेखि चार महिना उनस् मैदानमा फर्किन नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

डेनमार्कका स्ट्राइकर ब्रेथवेट अब चार महिना मैदानबाहिर रहनु बार्सिलोनाका लागि अर्को धक्का हो । क्लबका उस्मान डेम्बेले, सर्जियो एग्युरो र अन्सु फाती पनि चोटको कारण अहिले आराम गरिरहेका छन् । लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानले क्लब छाडेकाले लुक डि जोङको आगमन बार्सिलोनाका लागि निकै महत्वपूर्ण हुन सक्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap