२८ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका फवार्ड मार्टिन ब्रेथवेट चोटको कारण चार महिना मैदान बाहिर रहने भएका छन् । गेटाफेसँग भएको खेलको क्रममा उनी घाइते भएका थिए ।
आइतबार गरिएको मेडिकल चेकजाँचका क्रममा उनको घुँडामा चोट लागेको देखिएको हो । अब बार्सिलोनाले उनको उपचार कसरी गर्ने भन्ने कुराको निर्णय गर्नेछ, यद्यपि अपरेसन नगरी उपचार गर्नु सम्भव नभएको चिकित्सकहरुले बताएका छन् ।
त्यसैले अब तीनदेखि चार महिना उनस् मैदानमा फर्किन नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
डेनमार्कका स्ट्राइकर ब्रेथवेट अब चार महिना मैदानबाहिर रहनु बार्सिलोनाका लागि अर्को धक्का हो । क्लबका उस्मान डेम्बेले, सर्जियो एग्युरो र अन्सु फाती पनि चोटको कारण अहिले आराम गरिरहेका छन् । लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानले क्लब छाडेकाले लुक डि जोङको आगमन बार्सिलोनाका लागि निकै महत्वपूर्ण हुन सक्छ ।
Related