चैतन्य स्ट्रिम वर्कसपमा रकेट तयार…. भोली ग्रह तथा उपग्रह अवलोकन गराइने


लेखक : सुन्दराञ्चल      माघ १८, २०८० मा प्रकाशित     
चैतन्य स्ट्रिम वर्कसपमा रकेट तयार…. भोली ग्रह तथा उपग्रह अवलोकन गराइने

महादेव गिरी संवाददाता

धनगढी माघ १८,  धनगढी वडा नम्बर–५ शिवनगरस्थीत चैतन्य पाठशालामा सञ्चालन भैरहेको चैतन्य स्ट्रिम वर्कसपमा सबै विधार्थीहरूमा ओरिन्टेसन र विभिन्न क्याम्प हरु निर्माण गरी वर्गीकरण गरिएको छ ।

यही माघ १६ गते उद्दघाटन भएको चैतन्य स्टिम वर्कशप २०८० मा पहिलो दिन वर्कशपमा गरिने सबै विधार्थीहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरु निर्माण गरी वर्गीकरण गरिएको आयोजकले जनाएको छ । यस्तै दोस्रो दिनबाट रोबोटिक्स क्याम्प सेटेलाइट क्याम्प रकेट क्याम्प र एस्ट्रोनोमी क्याम्पको काम सुरुवात भएको छ ।

वर्कसपमा रकेट क्याम्पबाट रकेट तयार गरिएको र एस्ट्रोनोमी क्याम्पमा सम्पूर्ण थेउरीटिकल कुराहरू सकिएर अब टेलिस्कोप बाट विभिन्न ग्रहहरू उपग्रहहरु अवलोकनको तयारी भइरहेको कार्यक्रम संयोजक बिन्दास बमले बताएका छन् । उनका अनुसार रोबोटिक्स र सेटेलाइट क्याम्पमा काम अगाडि बढिरहेको छ।

भोलि बाट अविएसन र एआई का क्याम्पहरु सञ्चालनमा आउने बताइएको छ । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा आज माघ १६ देखी २२ गतेसम्म स्ट्रिम वर्कसप सञ्चालन भैरहेको छ ।
स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न ११ ओटा विद्यामा एक हप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट प्लेन पनि उडाउने योजना छ ।

No description available.

यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहने छन् । यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी ९टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट० रहने छन् । चैतन्य पाठशालाका  प्रधानाध्यापक कटक बहादुर सिहँले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य रहेको बताएका छन् ।

No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap